भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

रासस


भक्तपुर । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले भक्तपुर अस्पताल मुलुककै उत्कृष्ट अस्पतालका रुपमा स्थापित भएको बताए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेकाले यसको दिगोपना कायम राख्नु ठूलो जिम्मेवारी रहेको धारणा राखिन् ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा जन्मेदेखि १६ महिनासम्मका पाँच हजार ५० बालबालिका तथा १६ महिनादेखि २३ महिनासम्मका पाँच हजार ६८४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको जानकारी दिइन् ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताताइन् ।
त्यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुरयाउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















