जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी

एजेन्सी
२०८३ असार २८ | मध्यान्ह ०१:०३ बजे

अमान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।
आइतबार बिहान इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार उक्त हवाई अड्डामा धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। आक्रमणबाट कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट भएको आईआरजीसीले दाबी गरेको छ ।
यस घटनाबारे प्रतिक्रिया लिन अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)सँग सम्पर्क गरिएको भए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।






















