आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेट्न बर्न अस्पताल पुगे गगन थापा र वीरेन्द्र प्रसाद सिंह

नवलपुर टुडे


काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक छ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापा र मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंह उपचाररत विवेक मण्डललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।
थापाले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै विवेक मण्डलका परिवारजनसँग भेटेर उनीहरूलाई धैर्य रहन आग्रह गर्दै घटनाबारे चासो व्यक्त गरेका छन् ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















