नवलपरासमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


नवलपरासी । गएराति नवलपरासीमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ ।
सुनवल नगरपालिका- १२ हर्कट्टा बस्ने बर्ष अन्दाजी ६५/७० को रामु रेग्मीको उपचारका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी पुर्याउदा डाक्टरले मृत घोषणा गरेको हो । हाल उनको शव सोही अस्पतालमा राखिएको छ ।
सरावल गाउँपालिका- १ हर्कट्टास्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु २ ख ४३३ नम्बरको मार्बल लोड गरेको ट्रक बिपरित दिशाबाट जादै गरेको ग १ क २९६५ नम्बरको ट्रकमा ठक्कर खाई अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
लु २ ख ४३३ नमबरको ट्रक चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका- ३ बस्ने बर्ष अन्दाजी ३७ को धर्मराज चमार र ग १ क २९६५ नम्बरको ट्रक चालक जिल्ला रुपन्देही देवदह नगरपालिका- ९ भलुही बस्ने बर्ष अन्दाजी ३५ को किसान खड्का दुबै जना ट्रक चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।






















