इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न

एजेन्सी
२०८३ असार २६ | मध्यान्ह ०१:०३ बजे

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई शुक्रबार बिहान स्थानीय समयअनुसार मशहदस्थित इमाम रेजा पवित्र तीर्थस्थलमा अन्त्येष्टि गरिएको छ । खामेनीको आधिकारिक एक्स खातामा प्रकाशित वक्तव्यअनुसार उनको जन्मस्थान रहेको मशहदमा रहेको इमाम रेजा दरगाह परिसरमा पारिवारिक उपस्थितिमा निजी रूपमा अन्त्येष्टि सम्पन्न गरिएको हो ।
यसैबिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने अन्त्येष्टिसम्बन्धी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनले हालसम्म सार्वजनिक रूपमा कुनै सम्बोधन वा उपस्थितिसमेत जनाएका छैनन् ।


















