राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

रासस
२०८३ असार २५ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता जानेछ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।
दफावार छलफलमा भाग लिँदै सभाका सदस्य डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरे।
बैठकको शून्य समय सदस्यहरूले सुकुमबासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गरे।






















