इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी

एजेन्सी
२०८३ असार २५ | मध्यान्ह ०१:०३ बजे

वाशिङटन डीसी । अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै करिब ९० वटा सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार यी आक्रमणहरू इरानको स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यावसायिक जहाज र सर्वसाधारण समुद्री यात्रुमाथि आक्रमण गर्ने क्षमतालाई थप कमजोर पार्ने उद्देश्यले गरिएको हो ।
सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता र सैन्य रसद पूर्वाधारलाई मुख्य लक्ष्य बनाइएको थियो । यी अधिकांश लक्ष्य इरानको तटीय क्षेत्रमा अवस्थित थिए ।






















