अर्थ, इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, यातायात, लुम्बिनी प्रदेश, विचार/ब्लग, विश्व, शिक्षा, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

बागलुङ मिडिया मेला २०८२ को अनुभुतिहरु

याम बहादुर थापा मगर
२०८३ असार २५ | बिहान १२:०३ बजे

 

याम बहादुर थापा मगर
बागलुङ न पा १० भकुण्डे धौलेचउर
आलेखको सुरुवात
नेपाल पत्रकार महासंघ शाखा बागलुङले स्थापनाकाल पश्चात रजत जयन्तीको सन्दर्भमा बागलुङ मिडिया मेला २०८२ गर्ने सामाजिक सञ्जाल र समाचारबाट जानकारी पाएपछि त्यसमा अनिवार्य रुपमा सक्रिय पुर्ण रुपमा सहभागीता जनाउने सोच बनेको थियो । समाचार श्रोतका अनुसार स्मारीका प्रकाश गर्ने जानकारी समेत पाएपछि त झन स्मारिकामा सानो तिनो मिडिया मेला सम्बन्धी लेख,रचना,कविता,सस्मरण तथा निबन्धहरु लेखी प्रकाशन गर्ने सोच बनेको थियो । मोफसलमा मिडिया मेला हुने काम बहुत ठुलो महत्वको अवसरका रुपमा मैले लिए । किनकी त्यस्ता बौद्धिक, साहित्यीक महोत्सव,सङगोष्ठी,सेमिनार, ज्ञान सम्मेलनमा सहभागी हुनका लागि मेरो रुचि र समय मिलेमा पोखरा, काठमाडौमा थुप्रै पटक गएको छु । त्यस्तै प्रकृतिको कार्यक्रम झन बागलुङ बजारको नगरीमा आयोजना भएको सुर्वण अवसरको मौका गुमाउने कुरा भएन । फुर्सदको समयमा मैले युटुवहरुमा पोखरा,चितवन,कर्णाली उत्सव, जनकपुर साहित्य उत्सव,काठमाडौमा भएका भिडियो रेकर्ड हेर्ने गरेको छु । त्यस्तै प्रकारका कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी हुने थुप्रै कार्यक्रमहरुमा प्रत्यक्ष भावी योजनाहरु रहेका छन् । सकिन्छ भने आयोजक,बहस नोट कर्ता र सञ्चालक समेत हुने सोच रहेको छ ।
मिडिया मेलाको शिर्षकहरु
अवको पत्रकारिता शिर्षकमा कि नोट स्पिकर उज्ज्वल आचार्य निर्देशक सिएमआर नेपाल जर्नालिज्म एकेडेमीका निर्देशकले महत्वपुर्ण भाषण दिनु भयो । जननी जन्मभुमिश्य शिर्षकमा जुनु पुन मगर सामाजिक अभियन्ता आमा विहीनको आमा, अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली, भुवनसिंह विश्वकर्मा, लोकगायक, सर्जक, बसन्त थापाको प्यानल छलफलमा सहजकर्ता मोहराज शर्माको रहेको थियो । त्यसै गरि मिडियामा सिमान्त आवाज भन्नेमा सहकर्ता सिर्जना पन्त र कुञ्जनी परियार, अधिवत्ता तथा दलित अधिकारकमीैका विचमा मात्र छलफल भयो । तर कार्यक्रम पुस्तिका जानकारी दिए जस्तो उजिर मगर, पुर्व महासचिव नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र दीपक सापकोटा, संयोजक कान्तिपुर दैनिकको कोशेली पत्रिकामा आवद्ध साथीहरुको सहभागीता हुन सकेन । कार्यक्रम खल्लो महशुस भयो कि जस्तो लाग्यो । किन अनुपस्थित हुनुभएको हो सो को जानकारी समेत दर्शक दिर्घामा आयोजकबाट हुन सकेन । समावेशी लोकतन्त्रको वकालत र पैरवी गर्नेहरु नै दुई जना महिलाहरुमा मात्र सिमित भएर मिडियामा सिमान्त आवाज भन्ने शिर्षकमा छलफल केन्द्रित भयो । न्यु मिडिया ः नाम पनि,दाम पनि भन्ने शिर्षकमा छलफल हुँदा धेरै उत्सुकता जागेको थियो । अहिलेको युवा पुस्तामा आशाको किरण छर्ने खालको थियो । सोलो ट्राभलर सिर्जना सिज्जु, कन्टेन्ट क्रियटर, मनोरञ्जन पत्रकार वर्षा बस्नेत, सफटवेयर आर्किटेक्ट, डिजिटिल प्रणाली रणनीतिकार चिराग थापा र सहजकर्ता दिल शिरिषको भुमिका आजकलको सुचना र प्रविधिको युगमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकतामा केन्द्रित रहेको थियो । अहिलेको युगमा पहिले काम,अनि नाम र दाम पनि हुने कुराले सबैको मन छोएको थियो । युवाहरुको चाहना र इच्छा न्यु मिडिया भनिएको युटुव,सामाजिक सञ्जाल,वेवसाइटहरुका बारेमा जानकारी र छलफल भएको थियो । पत्रकारीता ः गिद्धे प्रेसदेखि एआईसम्म नामक शिर्षकमा लोकान्तर अनलाइनका सम्पादक विमल गौतम, सिनियर लेक्चरर तथा पुर्व प्रधान सम्पादक राष्ट्रिय समाचार समितिका एकराज पाठक, टेकपाना अनलाइनका सम्पादक गोपाल साउद र कथालिका अनलाइनका सम्पादक सहजकर्ता दिल शिरीषले प्यानल छलफल गर्नु भएको थियो । बागलुङको भविष्य ः कृषि, उद्यम कि पर्यटन शिर्षकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय,पोखरा प्रमुख मणिराज लामिछाने, र सहजकर्ता पकटकुमार शिशिर रहनु भएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ः अधिकार कि जिम्मेवारी शिर्षकमा वक्ताहरुमा केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव र सहजकर्ता दिलिप पौडेल रहनु भएको थियो । पत्रकारीता शैली ः शिष्ट कि आक्रामक भन्ने शिर्षकमा पुर्व अध्यक्ष नेपाल पत्रकार महासंघ तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, मिडिया एशोसियसन नेपालका अध्यक्ष शुभशंकर कँडेल, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सहजकर्ता भाषा शर्मा रहनु भएको थियो । तर चर्चित कार्यक्रमका प्रस्तोता गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीको सहभागीता हुन सकेन । अन्यौल कि अनुभुति ः कहाँ छ स्थानीय सरकार भन्ने शिर्षकमा वक्ताहरु बागलुङ नगरपाििलकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, स्थानीय तह विज्ञ बिजयराज पन्त, अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरी र सहजकर्ता संगम घर्ती मगर रहनु भएको थियो । मोफसलका मिडिया ः सबल कि संकटमा भन्ने शिर्षकमा बक्ताहरु प्रेस रजिष्ट्रार,गण्डकी प्रदेशका विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, ढोरपाटन दैनिक तथा ढोरपाटन न्युजका प्रधान सम्पादक हरिनारायण गौतम र सहजकर्ता कलम पौडेल रहनु भएको थियो । पत्रकार महासंघ ः अब कस्तो बनाउने, कसरी बनाउने ? शिर्षकमा बक्ताहरु पुर्व शाखा अध्यक्ष राम बहादुर जि सी र पुर्व शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारी तथा सहकर्ता बिजय राना रहनु भएको थियो । पुर्व शाखा अध्यक्ष राजेशचन्द्र राजभण्डारी र निवर्तमान शाखा अध्यक्ष नरेश कँडेलको सहभागीता हुन नसकेकोले कार्यक्रममा खल्लो महशुस भएको अवस्था थियो ।
मिडिया मेला २०८२ बाट सिकाइ
आगामी दिनहरुमा स्थानीय सरकारहरु मार्फत, अन्य सरकारी तथा गैरसरकारी सस्थाहरु मार्फत समग्र बागलुङको विकास,सुशासन,मार्गचित्र,शिक्षा,स्वास्थ्य,पर्यटन,कृषि उत्पादन, रोजगारी,उद्योग,जलविद्युत,साहित्य,कलाका बारेमा प्यानलगत रुपमा छलफल हुने कार्यक्रमहरु नियमित रुपमा भइदिए कति राम्रो हुने थियो होला भन्ने चाहना र भावना विकास मनमा भएको छ । कति कार्यक्रमहरु राजधानी केन्द्रित हुने भएकोले मोफसलमा प्यानल छलफलमुलक कार्यक्रम कम मात्रामा हुने गरेको पाउन सकिन्छ । विभिन्न प्रशासनिक,इन्जिनियर,कलाकारिता,खेलकुद विधामा समेत सहभागीता जनाएर अगाडी बढन सकिन्छ कि भन्ने लागेको छ । मिडियाहरुमा कर्णाली उत्सव, सुदुरपश्चिम साहित्य उत्सव, नेपाल साहित्य महोत्सव लगायत थुप्रै कार्यक्रमहरु भएको पाउन सकिन्छ । ति कार्यक्रमहरुमा सहभागीता उल्लेख मात्रामा भएको पाउन सकिन्छ । म पनि काठमाडौमा आयोजना भएका मेरा रुचिका साहित्यीक तथा अनुसन्धानमुलक लेख प्रकाशनको लागि भाग लिन बागलुङबाट समेत गएर सहभागीता जनाएको छु । बागलुङ मिडिया मेला २०८२ मा दुई दिनसम्म पुरापुर सक्रिय सहभागीता जनाएर धेरै भन्दा धेरै सैद्धान्तिक ज्ञान र शिक्षा हासिल गर्न सफल भए । प्राविधिक पाटोमा ज्ञान लिन र दक्ष हुन फिल्डमा नै जोतिनु पर्ने रहेछ । आगामी दिनमा मलाई पनि मोबाइल, क्यामेरा, भिडियो सम्पादन,कन्टेन्ट क्रियटर, घुमन्ते, लेखक, अडियो सामाग्रीहरु उत्पादन गरेर मैले नै सञ्चालन गरेको कथा यात्रा नेपाल नामक युटुव च्यानल मार्फत प्रशारण तथा प्रकाशन गरेर आगामी दिनमा न्यु मिडियाको सारथी बन्ने सोच र योजना बुन्न मैले थाली सकेको छु । खासमा मैले युटुव च्यानल विगतमा मैले लेखेका कविता, लेख, सस्मरण,विचारमुलक र उत्प्रेरणामुलक लेखहरुलाई अडियो तथा भिडियो सामाग्री बनाएर युटुव च्यानल कथा यात्रा नेपाल मार्फत प्रशारण तथा प्रकाशन गर्ने योजना मुताविक खोलिएको हो । तर विस्तार अहिले सामुदायिक विद्यालयहरुको परिचय र शैक्षिक योगदान, पिएचडी तथा विद्यावारिधी उपाधी हासिल गर्नु भएको व्यक्तिहरुको व्यक्तित्व र कृतित्व सहित योगदानका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
मिडिया मेलामा भएका भेटघाट,भलाकुसारी,फोटो सेसन, फोटो पर्दशनी, भिडियो रेकर्ड, छापा मिडियामा प्रकाशन भएका सामाग्रीहरु,सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारलाई सहि र अध्ययनशिल मानिसहरुका लागि पठनीय सामाग्रीहरु बनेको छ । बढदो डिजिटल युगमा प्रवेश गरेको समाजमा चोटिलो र प्रभावकारी सामाग्रीहरु सिक्ने र बुझने इच्छुकहरुका लागि पाठशालाको रुपमा चौतारी बनेको छ । सिक्ने निरन्तर प्रक्रिया र आजिवन मध्ये धेरै अनुभव,सिकाइ र अध्ययनबाट खारिएका शब्दरुपी शक्तिका स्रोतहरु मिडिया मेलामा पोखिएका छन् ।

आगामी दिनमा पत्रकार महासघको योजना
मिडिया मेलामा सहभागीहरुसँग तुलनात्मक रुपमा कम सख्यामा भएको हो कि भन्ने आभास मिलेको थियो । हल भरी भराउ हुनु पर्नेमा कार्यक्रमको अन्तसम्ममा निकै कम मात्रामा सहभागी हुनुले कार्यक्रमको महत्व र आवश्यकता नबुझेको हो कि भन्ने लागेको थियो मलाई । साथै कार्यक्रममा प्यानल छलफलमा मिडियामा रेडियो एफ एमका बारेमा कम चर्चा र छापा मिडियाका बारेमा समेत कम बहस भयो कि भन्ने लागेको छ । एफ एम रेडियोको बारेमा एक दुई जनाको छलफल राख्दा राम्रो हुने थियो । साथै चर्चित प्यानल छलफलका लागि कार्यक्रम पुस्तिकामा नाम उल्लेख गरेका तर भौतिक रुपमा उपस्थित हुन नसकेका बारेमा जानकारी सामान्य एक मिनेटमा जानकारी दिएको भए हलमा उपस्थित मानिसहरु जिज्ञासु हुन पाउने थिएनन । साथै छलफल कार्यक्रमको प्यानलको समयमा जति नै समयको जनाउ दिए पनि निश्चित समयमा समापन भने भएको पाइएनन । तर छलफलका विषयवस्तु लामो समय लिएपनि बहुत चर्चा योग्य र दशर्क दिर्घाबाट सुन्न लायक नै थियो । सहभागीहरुको प्रश्न सोध्ने उत्साह र जोश कम भएको हो कि भन्ने लागेको थियो । प्रश्न सोध्ने कला र जिज्ञासु पाठकहरुको कम सहभागीता रहेको थियो । मिडिया मेला २०८२ जस्तै कार्यक्रम अरु सरकारी, गैरसरकारी लगायत शैक्षिक,साहित्यीक लगायतका विषयमा आगामी दिनहरुमा बागलुङ बजारमा हुनुुपर्छ भन्ने मान्यता र सोच धेरै सहभागीहरुको दिमागमा आएको हुनुपर्छ । हामीले काठमाडौका धेरै कार्यक्रमहरु युटुव च्यानलहरुमा हेर्ने गरेपनि प्रत्यक्ष सहभागीता जनाउने काम बागलुङेहरुले कम मात्रामा मौका पाएका छन् । पत्रकार महासंघले आगामी दिनहरुमा सकिन्छ भने स्थानीय तहसँस समन्वय गरेर स्थानीय तहको नै आवाज प्रवद्र्धन गर्ने गरी गर्न पाएमा राम्रो हुने थियो ।
वर्षै पिच्छेका कार्यक्रमहरुले पत्रकार महासघलाई जिवन्त पनि राख्न सक्छ । मिडियाका विषय वस्तुका अलावा अर्थिक, पर्यटन,पुर्वाधार,शिक्षा,स्वास्थ्य,पठन सस्कृति र सक्तिकरणका सवालमा आगामी योजना बनाउन सकेमा पक्कै असल अभ्यास हुने थियो । समाज सुधारका लागि पत्रकारिताको योगदान अग्रपक्तिमा हुन्छ । पत्रकार राज्यको चौथो अंगका रुपमा समेत परिभाषित रहेको छ ।
मिडिया वहसका छलफल र प्रस्तुतीलाई शिर्षक र सहजकर्ताको प्रश्न एकातिर तर जवाफ अर्को तिर हुने निर्थक प्रस्तुतीलाई छिनोफानो गरेर पहिले नै सहभागी नगराउँदा राम्रो हुन्छ । साथै कुनै कुनै वहस त जुन उत्सुक्कता र स्तरीय होला भनेर सोचिएको हुन्छ । त्यो भन्दा पनि तल्लो स्तरको पाउदा खल्लो महसुस समेत हुने गरेको अुनुभुति भयो । बागलुङको इतिहासमा दस्तावेजीकरण गर्न लायक कार्यको थालनी भएको अनुभव मलाई भएको छ ।
अन्तमा
बागलुङ मिडियाले इतिहासमा गर्विलो पदचाप छोडेको छ । आगामी दिनहरुमा थप नवप्रर्वद्धनात्मक,सृजनात्मक,सकारात्मक सोच शैलीका कार्यक्रमहरु गरेर अगाडी बढनुको विकल्प छैन । पत्रकारीता पेशामा नवयुवाहरुको रुचि र व्यवसायिकता सुनिश्चितता गर्ने आन्दोलनका कार्यक्रमहरु निरन्तर रुपमा लिन आवश्यक छ । युवापिढीको लगाव बढाउनका लागि तालिम,गोष्ठी,सेमीनार र तथ्यपरक पत्रकारितामा ध्यान पुर्याउन जरुरी छ । साथै पत्रकारहरु मुल पेशा अर्कै गर्ने र पत्रकारीता पेशालाई वैकल्पीक पेशाको रुपमा राख्न खोजेकोले दक्षता र सिप विकासमा कम ध्यान पुगेको देखिन्छ । पत्रकारीतामा बढदो सामाजिक सञ्जालको प्रभाव र दबावले गाँजेको छ । प्रणालीमा आधारित हुनका लागि पत्रकारीताको आवाज यस्तै मिडिया मेलाहरु मार्फत बुलन्द गनपछ । मिडिया मेला २०८२ बागलुङमा छलफल भएका विषवस्तु र वहस तथा कि नोटहरुले सिंगो देशको पत्रकारिताको आवाजको प्रतिनिधित्व गरेको थियो । भोलिका दिनमा समेत यस्तै प्रकृतिका थप विषयवस्तुहरुका बारेमा मोफसलमा समेत हुने रहेछ भन्ने सन्देश र झलक दिएको साधुवाद छ । मिडिया मेलाले छलफल,बहसले बागलुङको इतिहासलाई समेत उजागर गरेको थियो ।

कमेन्टहरु