बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वमन्त्री खाँण र रायमाझी दोषी ठहर

नवलपुर टुडे


काठमाडौं । बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दाको फैसला सुनाउँदै खाँणलाई ठगी तथा संगठित अपराधमा मतियार रहेको ठहर गरेको हो । त्यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराध गरेको कसुरमा दोषी ठहर गरिएको अदालतको फैसलामा उल्लेख छ ।
यो फैसला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने नाममा करोडौं रुपैयाँ ठगी गरिएको बहुचर्चित प्रकरणमा आएको महत्वपूर्ण न्यायिक निर्णयका रूपमा हेरिएको छ । दोषी ठहर भइसकेपछि अब अदालतले उनीहरूलाई हुने सजाय (कैद र जरिवाना) निर्धारण गर्ने प्रक्रिया अगाडि बढाउनेछ । उक्त सजाय निर्धारणपछि मात्रै उनीहरूले भोग्नुपर्ने कैद अवधि र जरिवानाको रकम टुंगो लाग्नेछ ।
यस प्रकरणमा अन्य प्रतिवादीहरूको हकमा पनि अदालतले क्रमशः फैसला सुनाइरहेको छ । विस्तृत फैसला सार्वजनिक भएपछि थप कानुनी आधार र सजायसम्बन्धी विवरण आउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















