रौतहटमा लोड भएको कटुवा पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ

नवलपुर टुडे


रौतहट । रौतहटको गरुडाबाट प्रहरीले एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। गरुडा नगरपालिका-५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा जाँच गर्दा गरुडा नगरपालिका-९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलम पक्राउ परेका हुन्।
शङ्कास्पद अवस्थामा फेला परेका आलमको शरीर खानतलासी गर्दा कम्मरमा भिरेको अवस्थामा लोड भएको एक नाल कटुवा पेस्तोल बरामद भएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका आलमसँग सोधपुछ गर्दा थप हतियार र नगद लुकाएको रहस्य खुलेको छ।
उनले सोही मदिरा पसलको पछाडि रहेको खेतको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाई-छिपाई राखेको बयान दिएका थिए। आलमको बयानका आधारमा उनलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा थप सामग्री बरामद भएको छ।
प्रहरीले उक्त झ्याङबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउन्ड गोली, १ थान ब्ल्याङ्क राउन्ड गोली, कालो रङको पर्सभित्र रहेको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ र २ पिस नाइट्राभेट ट्याबलेट बरामद गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















