दुबई यूएई, प्रबास

रुपन्देही सेवा समाज यूएईको प्रथम बैठक सम्पन्न, मनोनयन प्रमाणपत्र हस्तान्तरण

कबिराज राजबंशी
२०८३ असार २३ | बिहान १२:०३ बजे

Messenger creation 66D8D6B3 34C2 49B1 93F6 09094DF315E4

प्रवास दुबई, यूएई | ६ जुलाई २०२६

रुपन्देही सेवा समाज यूएईको प्रथम कार्यसमिति बैठक तथा मनोनयन प्रमाणपत्र हस्तान्तरण कार्यक्रम ५ जुलाई २०२६ मा दुबईस्थित एभरेस्ट–१०० सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कला पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रदीप पुन मगरले गर्नुभएको थियो।

 

कार्यक्रममा नवगठित तथा निवर्तमान कार्यसमितिका पदाधिकारी, अग्रज व्यक्तित्व, आजीवन सदस्य तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा संस्थाको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा विभिन्न समसामयिक विषयमा विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा महत्वपूर्ण निर्णयहरू गरिएको थियो।

Messenger creation EA827E2C 8D61 44E1 B9E9 D04B5C4BA170

बैठकले नेत्र शर्मा, हरिप्रसाद चापागाईं, टंक थापा मगर र धर्मप्रसाद भट्टराईलाई संरक्षकमा मनोनयन गरेको छ। त्यसैगरी, अमित लोहनी प्रमुख सल्लाहकार तथा सूर्य खनाल, यम घर्ती, निरज पाण्डे, लेखनाथ पाण्डे, श्रीधर बस्याल, दुर्गा शर्मा, तोयानाथ लम्साल, बाबुराम सुनार, माया न्यौपाने, गोपीकृष्ण पंगेनी, उमाकान्त पाण्डे, लालबहादुर ढेंगा (पत्रकार), रामप्रसाद पाण्डे, रमेश न्यौपाने, दिलीप खनाल, रोहित रायमाझी, हुमराज बिक, रोम ताड्नामी मगर, चिरन आचार्य, लक्ष्मण अर्याल तथा जे.पी. पोखरेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।

 

त्यसैगरी, रिक्त पदपूर्तिअन्तर्गत संगठन विभाग प्रमुखमा कल्पना भण्डारी, खेलकुद विभाग प्रमुखमा अनिल क्षेत्री, महिला विभाग प्रमुखमा सुनिता थापा मगर, सह-कोषाध्यक्षमा द्रुपती थापा मगर (इशा) तथा प्रवक्तामा रमेश बी.सी. मनोनयन हुनुभएको छ। साथै, पवित्रा कोइराला, मुक्ति पाठक, पार्वती पाठक र मोनिका अधिकारीलाई केन्द्रीय सदस्यमा चयन गरिएको छ।

Messenger creation 278CB70E 78F2 4314 8E7A 9FE472F56F58

बैठकबाट मनोनयन गरिएका सम्पूर्ण संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकार, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई मनोनयन प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूबीच परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो।

 

यस अवसरमा निवर्तमान अध्यक्ष अमित लोहनीले निवर्तमान कार्यसमितिको कार्यकालमा संस्थाको कोषमा रहेको नगद रकम तथा जिन्सी सामग्री संस्थाका कोषाध्यक्ष मित्र घिमिरेलाई विधिवत रूपमा हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार अमित लोहनीले विगतका अनुभवबाट सिक्दै वर्तमान कार्यसमितिले संस्थालाई अझ प्रभावकारी, सक्रिय र उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गर्नुभयो। संरक्षकहरू धर्मप्रसाद भट्टराई, टंक थापा मगर र नेत्र शर्माले संस्थाको उन्नति, विकास तथा निरन्तर प्रगतिका लागि आफ्नो पूर्ण साथ, सहयोग र मार्गदर्शन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

संस्थाका वरिष्ठ उपाध्यक्षले अग्रजहरूको अनुभव र सुझावलाई आत्मसात् गर्दै एकता, सहकार्य र हातेमालोका साथ संस्थालाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको समापन गर्दै अध्यक्ष कला पंगेनीले सहभागी सम्पूर्ण संरक्षक, सल्लाहकार, अग्रज, पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको उद्देश्य प्राप्तिका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

कमेन्टहरु