प्रबास

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै

एजेन्सी
२०८३ असार २१ | मध्यान्ह ०२:०३ बजे

तेहरान । अमेरिका–इजरायली आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टिमा तेहरानमा ठूलो जनसहभागिता देखिए पनि उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था र ठेगाना अझै सार्वजनिक भएको छैन ।

मोज्तबा खामेनी हालसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । यसले उनको स्वास्थ्य अवस्थाबारे थप अड्कलबाजी जन्माएको छ भने हाल इरानको नेतृत्व कसले गरिरहेको छ भन्ने विषयमा पनि प्रश्न उठ्न थालेका छन् ।

इरानी सरकारले पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिसँग सम्बन्धित विभिन्न कार्यक्रम सार्वजनिक गरे पनि मोज्तबा कुनै कार्यक्रममा सहभागी हुने वा सम्बोधन गर्ने योजना भने घोषणा गरिएको छैन । सुरक्षा संवेदनशीलताका कारण यस्तो जानकारी अग्रिम रूपमा सार्वजनिक नगरिएको हुन सक्ने अनुमान गरिएको छ ।

मोज्तबा खामेनी आफ्ना पिता, आमा र पत्नीको ज्यान गएको आक्रमणमा घाइते भएको विश्वास गरिएको छ । फेब्रुअरी २८ मा को अन्त्यतिर युद्ध सुरु भएयता उनी सार्वजनिक रूपमा देखा परेका छैनन् ।

आफ्ना समर्थकसँग उनले इरानी सञ्चारमाध्यममार्फत जारी गरिएका लिखित सन्देशहरूबाट सम्पर्क राख्दै आएको बताइएको छ । युद्ध सुरु भएयता उनले न त सार्वजनिक रूपमा आफ्नो अनुहार देखाएका छन्, न कुनै अडियो वा भिडियो सन्देश जारी गरेका छन् ।

कमेन्टहरु