मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

रासस


जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ ।
यसैबिच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी सुरु गरेको छ । विभिन्न स्थानमा रेल्वेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताए।
जयनगर–बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो । यो ब्रोडगेज रेलमार्ग नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन । यो परियोजनाले दुई देशबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















