विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु

एजेन्सी


अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमका कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा ३ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
जेनेभा प्रहरी विभागले ४ बच्चाहरू सहित १० जना सवार रहेको डुङ्गा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ । ६ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बावजुद मृत्यु भएको पुष्टि गरेको छ ।वालवर्थ काउन्टी अन्डरशेरिफ टम हाउसनरले दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउदा ठुलो क्षति भएको बताइएको छ ।
लेक जेनेभा शहरका मेयर टोड क्राउसले दुर्घटना पछि आपतकालिन अवस्था घोषणा गरेका छन् । वालवर्थ काउन्टीले नजिकैका काउन्टीहरूमा कानून प्रवर्तन र विस्कन्सिन प्राकृतिक संसाधन विभागबाट सहयोग मागेको हाउसनरले बताएका छन् ।
यसैगरी मिडवेस्टमा आएको आँधीका कारण, धेरै अमेरिकी शहरहरूमा छुट्टी हुनुका साथै कार्यक्रमहरु रद्द गरेको मिडियाले रिपोर्ट गरेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















