‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने


काठमाडौँ । रजनीकान्त स्टारर फिल्म ‘जेलर २’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण कम्पनी सन पिक्चर्सले सामाजिक सञ्जालमा एक टिजर सार्वजनिक गर्दै आगामी १५ अक्टोबरदेखि फिल्मको प्रदर्शन हुने घोषणा गरेको हो।
फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने निर्माण पक्षको अपेक्षा छ । भारतका साथै रजनीकान्तको राम्रो क्रेज रहेका अन्तर्राष्ट्रिय बजारहरूमा पनि फिल्म एकसाथ प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नेल्सन दिलीपकुमार हुन्। उनले नै पहिलो शृङ्खला ‘जेलर’ को पनि निर्देशन गरेका थिए। फिल्ममा संगीत पुनः अनिरुद्ध रविचन्दरले नै दिएका छन्।
पहिलो ‘जेलर’ को कथा एक अवकाशप्राप्त जेलर मुथुवेल पाण्डियनको वरिपरि घुमेको थियो, जसले आफ्नो छोरामाथि खतरा आएपछि पुराना अन्डरवर्ल्ड सम्बन्धहरूको सहारा लिन्छ। एक्सन, डार्क कमेडी र स्टाइलिस प्रस्तुति गरिएको फिल्म सन् २०२३ को सफल फिल्महरूमध्ये एक हो।
फिल्ममा मिथुन चक्रवर्ती, विद्या बालन र ऋतिक रोशनको पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्, यद्यपि उनीहरूको चरित्रबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ।























