काठमाडौंको पहेँलो पुलबाट स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एकजना नियन्त्रणमा

नवलपुर टुडे
२०८३ असार १९ | बिहान ०५:०३ बजे

काठमाडौं । प्रहरीले स्रोत नखुलेको नेपाली नगद ३१ लाख ४१ हजार ६२० सहित एकजानालाई आज नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौं कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “आज दिउँसो काठमाडौं जम्बुडाँडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा फेलापरेको स्रोत नखुलेको नेपाली ३१ लाख ४१ हजार ६२० सहित नियन्त्रणमा लिइएको हो ।”
निजका विषयमा प्रहरी वृत्त बौद्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।






















