४५ मिनेटको कार्यक्रममा सहभागी हुँदाको संस्मरण


बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर
आलेखको प्रारम्भ
पछिल्लो समय फुर्सदको समयमा औपचारिक र अनौपचारिक कार्यक्रममा रुचिको विषयवस्तु भएमा निमन्त्रणा भएपनि नभएपनि सहभागी हुने समय विताउने गरेको छु । विद्यामन्दिर पुस्तकालय,बागलुङको नियमित पाठकका रुपमा सहभागी भएपनि सकभर बागलुङ बजारमा सिमिति थियो । तर पछिल्लो समयलाई रुचिको कार्यक्रममा पोखरा,काठमाडौमा समेत सहभागी हुने गरेको छु । तर अझै काठमाडौमा समेत जाने कार्यक्रममा खोज अनुसन्धान,शोधार्थी एमफिएल, ,विद्यावारिधी अर्थात पिएचडि अध्ययन गर्ने सोचका साथ रुचि र अध्ययन अगाडी बढेको छ । साहित्यीक लेख रचना प्रकाशित गर्दै कार्यक्रम,गोष्ठी,पुस्तक विमोचनमा सहभागी हुन रहर लागेको छ । सानो सानो व्यक्तिगत पुस्तकालय बनाई लेखक तथा प्रकाशक साथीहरु पुस्तक सौजन्य प्रदान गर्न अनुरोध गर्दै आएको छु । नयाँ स्थानमा भम्रण गर्ने त निरन्तर रुचिको विषय नै बनेको छ । भ्रमणपछि बाँकी रहेका दिनहरुमा आफुले लेखन र विभिन्न पत्रिकाहरुमा प्रकाशित भएका कविता,लेखहरु सकलन गरेर ४,५ वटा पुस्तकहरु प्रकाशन पाएपछि निकाल्ने हुटहुटी बढेको छ । तर प्रकाशन गराउने सोचले मुर्त रुप पाउन नसकेको अवस्था छ । आफुले प्रकाशन गरेको लेख रचना र लेखलाई कथा यात्रा नेपाल युटुव च्यानलमा अडियो भिडियो बनाएर अपलोड गर्ने प्रयास सुरुवात भएको छ । त्यसै शिलशिलामा ढोरपाटन राष्ट्रिय दैनिकको २३ औ बार्षिक उत्सव पोखरामा हुने जानकारी सामाजिक सञ्जाल मार्फत थाहा पाए । तर विस्तृत समय तालिका बारेमा अवगत हुन सकेको थिएन । ढोरपाटन दैनिकका सम्पादक रामकृष्ण बोहोरालाई फोन गरेर जानकारी माग्दा उहाँले पनि निश्चित समय दिन सक्नुभएन । मलाई जानकारी भएमा कार्यक्रमको समय र स्थान जानकारी दिने बताउने कुरा भन्नुभयो । मैले कार्यालयमा हुँदाको समयमा कार्यकारी सम्पादक रामकृष्ण बोहोराले दिउँसो एक बजेतिर फोन गरेर लौ याम दाई पोखरा जाउ, गाडी भनेको छ भन्दै फोन गर्नु भयो । मैले हुन्छ भने तर निश्चित र निर्णय गरिसकेको थिएन । मलाई पोखरामा नै बास बस्ने गरी जानुपर्ने थियो । फेरी कान्तिपुर दैनिकको बागलुङका समाचारदाता प्रकाश बरालले समेत पोखरा जानको लागि फोन गरेपछि ल ल म तयारी भएर आउँछु भन्दै पोखरामा ढोरपाटन दैनिकको २३ औ वार्षिक उत्सव मनाउन रामकृष्ण बोहोरा, प्रकाश बराल, मुलकुरा अनलाइनका सम्पादक बालकृष्ण सुवेदी र म सँगै पोखरा तिर लागियो ।
४५ मिनेटको कार्यक्रममा सस्मरण
ढोरपाटन दैनिकको पोखरामा२३ औ.वार्षिक उत्सवको औपचारिक कार्यक्रम सञ्चालन हुँदा कार्यक्रम सञ्चालकले हाम्रो कार्यक्रम ४५ मिनेटमा सकिने छ भन्दै उदघोष गर्नुभयो । पोखरा महानगरपालिकाको नगर प्रमुख धनराज आर्चाय प्रमुख अतिथि, नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, गल्कोट नगरपालिका बागलुङका उप प्रमुख फमलाल निउरे, प्रेस रजिष्ट्रार पोखराका रजिष्ट्रार विमला भण्डारी, प्रेस काउन्सील नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना शर्मा बर्षाले मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि मेयर धनराज आचार्यले प्रिन्ट मिडियाको विश्वास र आधिकारिकता कहिल्यै समाप्त नहुने बताउदै बागलुङ जिल्लामा जन्मेर गण्डकी प्रदेश तिर यात्रा गर्नु आफैमा व्यापक महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । सो कार्यक्रमको अध्यक्षता प्रधान सम्पादक हरिनारायण गौतम र संचालन पोखरा ब्युरो बासु मिश्र र स्वागत मन्तव्य कार्यकारी सम्पादक रामकृष्ण बोहोराले गर्नु भएको थियो । पत्रकारिताको चुनौतीहरुका विषयमा तार्किक शब्दका प्रस्तुती पश्चात सभापतिले कार्यक्रम समापन गर्दाको समयमा घडी हेर्दा त ४५ मिनेट समय बितेको थियो । म त सो कार्यक्रमको व्यवस्थापन गरेको अनुभवले मैले अहिलेसम्म सहभागी भएको कार्यक्रमहरु मध्ये निश्चित समयमा सुरु भएर निश्चित समयमा नै समापन भएकोले उत्कृष्टता लाग्यो ।
समयमा सहि व्यवस्थापन र सहभागीता
अरु कार्यक्रममा तोकिएको समयमा सुरुवात नहुने, धेरै बक्ताहरु राखेर बढी समय फजुल तरिकाले लिने कार्यक्रमहरुमा सहभागी भएर वाक्क भएको थिए म । कार्यक्रमहरुको आसनग्रहण समेत धेरै,बक्ताहरुको निश्चित भाषण नगर्ने कार्यक्रम गर्नेहरुले शिक्षा लिनु पर्ने भएको छ । कुनै कार्यक्रममा त कार्यक्रम समापनको समयमा समेत अतिथिको आसन ग्रहण हुने गरेको पाइन्छ । कार्यक्रम चलिरहेको समयमा विशिष्ट अतिथिहरुको आसनग्रहणको शिलशिला जारी हुने गरेको पाइन्छ । ४५ मिनेटको कार्यक्रम समापन गरेर शिक्षक तथा धौलागिरी एफ एमका स्टेजन म्यानेजर उमाकान्त शर्मासँग बागलुङ बजार साँझ फिर्ता हुने काम भयो । तर बागलुङ बजारबाट सँगै दिउँसो पोखरा गएका साथीहरु पोखरामा नै बास बस्नुभयो । मलाई पनि पोखरामा नै बास बस्नको लागि अनुरोध भएपनि बागलुङ बजारमा आउने काम भयो । समय बलवान हुन्छ भन्ने सुनेको तर व्यवहारमा अनुभव गरेको सो कार्यक्रमबाट अवगत भयो । कार्यक्रममा पोखरा कार्यक्षेत्रमा क्रियाशिल पत्रकारहरुको उल्लेखय मात्रामा सहभागी थियो । सो कार्यक्रममा मलाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य भएको जानकारी साथीहरुले गराउँदा नयाँ पत्रकार साथीहरुसँग चिनजान गर्ने मौका खाजा खाने समयमा छोटोमा भयो । तर म पत्रकारीतामा नेपाल पत्रकार महासंघ शाखा बागलुङको दुई कार्यकाल केन्द्रिय सभासद र राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चलका संयोजकमा समेत काम गरी सकेको थियो । साथै नेपाल आदिवासी जनजाति पत्रकार संघ बागलुङको सस्थापक सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,गण्डकी प्रदेश समितिको सल्लाहकार, संघिय प्रतिनिधिको रुपमा आवद्ध भइरहेको अवस्था छ । आगामी कार्यक्रमहरु दिनमा सहभागीे हुने कार्यक्रम ४५ मिनेटमा समापन भए जस्तै चुस्त दुरुस्त अरु पनि कार्यक्रमहरु बनुन भन्ने चाहना मन भरी बोकेर ओतप्रोत भएको छ । आजकल म निजामति सेवा आवद्ध भएपनि फुर्सदको समयमा लेखन, साहित्यमा कलम चलाउन रुचाउने गर्दछु ।
आगामी दिनका कार्यक्रममा सहभागी हुँदा
ढोरपाटन दैनिक, धौलागिरी स्टार साप्ताहिक, ढोरपाटन न्युज अनलाइन र पत्रिकामा मेरा लेख,कविता,दृष्टिकोणहरु प्रकाशित हुने भएकोले मलाई आम समुदायसँग चिनजान गराउने गरेको छ । बागलुङ बजारमा हुने बार्षिक उत्सवमा हुने कार्यक्रममा समय अनुकुल भएमा सहभागी हुने सोच र योजना बनेको छ । नेपाल भरका सबै वार्षिक उत्सवका कार्यक्रमहरु छोटो मिठो र सटिक होओस भन्ने लाग्छ । कि कतै अव प्भथ ल्यतभ क्उभभअज बोल्न लगाउन परिपाटी भएमा अझ राम्रो अभ्यासको थालनी हुन्छ । प्राज्ञिक वा बौद्धिक सेमिनारमा त्यस्तो अभ्यास भएको हुन्छ । पत्रकारीता आफैमा सचेत र दक्ष जनशक्तिको पेशा भएकोले सधै प्रतिपक्षको भुमिका निभाउनु पर्ने भएकोले सशक्त आवाज हुन आवश्यक छ भन्ने लाग्दछ । डिजिटल युग र कृत्रिम बौद्धिकताको बढदो प्रयोगले पत्रकारितामा चुनौती नै चुनौतीको चाङ थप्ने गरेको अवस्था छ । बागलुङ जिल्ला सदरमुकामबाट प्रकाशित र प्रशारण हुने सबै अनलाइन,दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुको वार्षिक उत्सव समारोहमा सहभागी हुने र विचार तथा ज्ञान व्यस्थापनमा अपडेट हुनका लागि सहभागीता जनाउने मनोभावना विकास भएको छ । समय व्यवस्थापन र फुर्सदको समयमा आगामी कार्यक्रम पनि ४५ मिनेटको सिमा भित्रमा नै होओस भन्ने चाहान्छु । अरु समाचार सस्थाहरुले ४५ मिनेट जस्तै अगाडी नै उदघोष गरेर निश्चित समय सिमा भित्र हुने संस्कृति विकास होओस र अनुशरण होओस भन्न चाहान्छु । ताकी ४५ मिनेटको अलावा २,३ घण्टा भित्र गर्ने कार्यक्रम समयमा नै सुरु र अन्त हुनुपर्ने सस्कार विकास गरौ भन्ने अवधारणा मात्र रहेको अवस्था हो ।























