शिक्षा, समाचार, समाज

विजयनगर–६ को श्री हरिबोध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती खत्री थापा

नन्द किशोर कुर्मी (लालु)
२०८३ असार १८ | मध्यान्ह १२:०३ बजे

 कपिलवस्तु, विजयनगर । विजयनगर गाउँपालिका–६ स्थित श्री हरिबोध माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती खत्री थापा निर्वाचित/मनोनित हुनुभएको छ।

अध्यक्षमा चयन हुनुभएको अवसरमा उहाँलाई विभिन्न व्यक्ति तथा स्थानीयवासीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, पारदर्शिता तथा समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

साथै विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ। स्थानीय शिक्षा क्षेत्रका सरोकारवालाले विद्यालयको समग्र विकास र प्रभावकारी व्यवस्थापनका लागि नवनिर्वाचित अध्यक्षको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिएका छन्।

कमेन्टहरु