नवलपरासीमा अज्ञात सवारीको ठक्करबाट एक युवकको मृत्यु

नवलपुर टुडे


मध्यविन्दु (नवलपरासी), असार १८ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गएराति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।
टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















