देश

भकुण्डे गाऊँको बालबालिकाले नमस्ते अंकल भन्दा खुशीले गदगद

याम बहादुर थापा मगर
२०८३ असार १७ | मध्यान्ह १०:०३ बजे

याम बहादुर थापा मगर
बागलुङ न पा १० भकुण्डे,धौलेचउर,बागलुङ
आलेखको आरम्भ
समाजमा सुशासन र समुन्नती होओस साथै असल अभ्यासको थालनी दैनिक रुपमा निर्माण भैरहोस र पो समाज समृद्धि र समुन्नत विकास हुन्छ । समाजमा असल र खराव क्रियाकलाप विचको लडाईमा असल र सत्कर्मले बढावा पाओस भन्ने माध्यम आम समुदायमा भएमा पक्कै असल,ज्ञानी र अनुशासीत नानीबावुहरु उत्पादन हुनमा सहयोग पुग्छ । हामीले चाहेको उज्यालो भविष्यको जिवन निर्माण गर्नका लागि आजका बालबालिकाहरुको शिक्षा,स्वास्थ्यमा अनुशासित भएर लाग्नुको विकल्प छैन । समाजको तस्वीर बालबालिकाहरुको सस्कार,आनीवानी,शिक्षा र आत्मनिर्भरमा प्रत्यक्ष जोडिन्छ । बालबालिकाहरुको आजभोलिका सकारात्मक सुक्ष्म कार्यले नै उज्यालो भविष्य बनाउने जिम्मा राज्य तहको संघिय,प्रदेश,स्थानीय तह हुँदै राजनीतिक पार्टी,नागरीक समाज,आमा समुह, सरोकारवाला लगायत अभिभावक,शिक्षक शिक्षिकाहरुको हुन्छ । मलाई आफनै गाऊँ भकुण्डेमा विदाको दिनमा घरमा जादा र आफनै गाऊँ टोल तिर समाजमा घुमफिर गर्दा थुप्रै बालबालिकाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष भेटघाट हुन्छ । ति भेटघाट खासै अर्थपुर्ण र महत्वपुर्ण लागि रहेको थिएन । मलाई समाजका हरेक घटना र समाचारका विवरणहरु पनि पुरा अपडेट थाहा हुँदैन । मैले सरोकार राख्ने र सम्पर्क समन्वय तथा सरसल्लाहको कार्यकारी पदमा आशिन नभएकोले होला घटना घटि सकेपछि धेरै समय पछि थाहा पाउँछु । पुर्व निर्धारित योजना र पुर्व अभ्यास हुने तरिकाले कम मात्रामा समाजका गतिविधिमा अवगत हुन्छु । शनिवारको दिन अर्थात विदाको दिन घरमा बसी रहन भन्दा पैटिनी पाखाको खरबारी गएर दाउरा,स्याउला लिनको लागि जान अनुरोध जिवनसगिनी रुपकदेवी थापा मगरबाट भएपछि खरबारीमा जान हिड्यौ । बाटोमा छिमेकीहरुसँग हाइ हेलो गर्दै म अगाडी पाइला उकालो पदमार्ग पक्की बाटोमा हुदै थियो । माथि तिरबाट एक जना बालिका र एक जना बालक तलतिर दौड्दै आउँदा मसँग जम्काभेट हुँदा साथ ति बालबालिकाले मलाई नमस्ते अकल, सन्चै हुनुहुन्छ ? कता हिड्नु भयो भन्दै मिठो आवाजमा भन्दा मलाई एकदम सकारात्मक आत्मानुभति र हर्षविभोरको मनोभावना सृजना भयो । मैले ठक्याकै ति बाबु नानीहरु कसका छोरा छोरीहरु हुन भनेर यर्थाथमा पहिचान बनाउन सकेको थिएन । ति बालबालिकालाई मैले सोधे कता जान लागेको हो भन्दा उनीहरु पसलमा जान लागेको भन्दै लामो भलाकुसारी गर्न वातावरण तयार भएन । ति बालबालिकाहरुसँग छुट्टिएर म उकालो खरबारीमा पाइला चाल्दा मनमा अनेक तरंगका मनोभावनाहरु खेलाउँदै गए । भकुण्डेमा यस्तै अभिभावकहरुलाई नमस्ते,सम्मान,सत्कार,अध्ययनशील,सकारात्मक सोच भएका थुप्रै बालबालिकाहरु भएमा कति राम्रो हुने थियो । ति बालबालिकाहरुको नाम,ठेगाना मलाई थाहा थिएन । नमस्ते गर्ने हार्दिकता पछाडी उसको व्यक्तित्व,अनुशासन, क्षमता, पठन सस्कृति र आत्मबल विकास भएको अनुमान गर्न सकिन्छ । त्यसै सेरोफेरोमा केन्द्रित भएर आत्मानुभुति सस्मरण लेख्नका लागि आलेखको प्रारम्भ भएको छ । यस लेखले भकुण्डे गाऊमाँ थुप्रै ग्रामिण भेगमा भएका अबोध भविष्यका कर्णधार बालबालिकाहरुमा सकारात्मक सन्देश दिने उत्प्रेरणा मिलोस भन्न चाहान्छु ।

नमस्ते प्राप्त गर्ने भाग्यमानी मान्छे
दिनचर्या सामान्य रुपमा चलेको थियो । जिवनसगिनी रुपक देवी थापा मगरलाई सौरेको खरबारीमा मलाई दुई जना बालबालिकाले नमस्ते गरेको जानकारी गराए । कति ज्ञानी,अनुशासन,पढने वातावरण खिम कुमारी थापा फुपुले दिएको भएको छ भन्दै खिम कुमारी सिंजाली थापा मगरको फुपुको छोरा निर बहादुर थापा पनि कति शिल स्वभाव र मिठो बोल्छन भन्नुभयो । हुन पनि बागलुङ बजारमा प्रतिक फलेक्स प्रिन्टर्स सञ्चालन गरेका युवा उद्यमी भाईको बानी व्यवहार समेत मिठो स्वभावका धनी छन् । भकुण्डे गाऊँमा थुप्रै बालबालिकाहरु भेटेको छु र उहाँ फलाना हुनुहुन्छ नी ल नमस्ते गर भने पछि मात्र नमस्ते प्राप्त गरेको थिए । तर फेरी मलाई अनिवार्य नमस्ते गर्नुपर्ने र नमस्ते गर्न लायक पात्र म मात्र त होइन म । तर थुप्रै बालबालिकाहरु मध्ये मलाई विना अभिभावकको एक्लो साथ र समयमा नमस्ते भन्दा ति बालबालिकाहरुको पहिचान,आनीबानी र भविष्यका बारेमा सोच्न बाध्य बनाएको हो । मैले निर बहादुर थापा भाईलाई फोन गरेर बाबा आमाको नाम र निर बहादुर भाईको भान्जा भान्जीहरुको नाम प्राप्त गरे । बालिका हर्षिका थापा मगर वर्ष १४ कि कक्षा नौ र रियान थापा मगर वर्ष ११ कक्षा ७ मा भैरव माध्यमिक विद्यालय भकुण्डेमा अध्ययन गर्दै आएको जानकारी पाए । स्थायी ठेगाना बडिगाढ गाउँपालिका दंगातुन्डाँडा खरबाङ स्थायी बासिन्दा भएका र आमा वैदेशिक रोजगारमा जानुभएको जानकारी पाए ।
ति बालबालिकाहरुको बारेमा थप जानकारी लिनको लागि विद्यालयका प्रध्नायापाक किसान सापकोटालाई सम्पर्क गर्दा ति हर्षिका थापा र रियाना थापा बालबालिका पहिला पहिला कक्षामा प्रथम,द्धितिय हुने विद्यार्थी हुन । त आजकल अलि गुणस्तर खस्केको जानकारी दिनुभयो । ति बालबालिकाहरुलाई थप गुणस्तरीय र प्रभावकारी विद्यार्थी बनाउन सरसल्लाह गर्नुपर्ने जानकारी दिनु भयो । त्यसपछि मैले अभिभावक खिम कुमारी थापालाई सम्पर्क गरी विस्तृत जानकारी लिने प्रयास गरे । खिम कुमारी थापाले भन्नुभयो कि केटाकेटीलाई अनुशासन,पारिवारिक वातावरण र पढाइमा ध्यान दिन सक्दो प्रयास गरेको र यी बालबालिका कुर्चीमा वसेर काम गर्ने नोकरी खाने बनाउन पाए हुन्थ्यो । असल बानी निर्माण गरेर बाबा आमाले गरेको दुख सघर्षका परिणाम स्वरुप गरेर खाने बनुन भन्ने चाहना र भावना छ । दुव्र्यसनी र कुलतमा नलागुन भन्ने मान्यता हो भन्दै वार्तालाप गर्याैै । मैलै पनि फोन वार्ताको क्रममा मलाई पनि बाबाले सानो कक्षामा पढने बेलामा भकुण्डेको लालसिंह थापा मगर ( हाल दाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश ) जस्तो बोली अशुद्ध बोले पनि कति राम्रो अक्षरमा शुद्ध लेख्ने हो भन्छन रे । लालसिंह थापा मगरले जस्तै अध्ययन गर्नुपर्छ । निफन्नी डाँडाथरको तिल बहादुर थापा मगर हाकिम ( बागलुङ नगरपालिका वडा न. १० भकुण्डेका वडा अध्यक्ष ) ले जस्तो पढनुपर्छ भनेर बारम्बार अर्ति उपदेश दिनुुहुन्थ्यो । तर म सानो उमेरमा तिन दुवै मानिसहरुलाई प्रत्यक्ष भेटेको र चिनेको हुन्थेन ।
त्यसपछि मैले भैरव माध्यमिक विद्यालय भकुण्डेका शिक्षिका देवी थापा मगरलाई फोन वार्ता गरेर हर्षिका थापा र रियान थापाका बारेमा थप जानकारी लिने प्रयास गरे । उहाँले हामी साना कक्षाका शिक्षक हौ माथिल्लो कक्षाका शिक्षकहरुको चासो कम भएर हो कि हामीलाई असल बालबालिकाहरु निर्माण गर्नका लागि सक्दो प्रयास भएको छ । ति बालबालिकाहरुको पढाइ,अध्ययन र आनी बानी असल बनाउनमा खिम कुमारी थापाको अति लगानी र सिकाउने बानी अरुका लागि अनुसरण गर्न योग्य भएको बताउनु भयो । आगामी दिनमा अझै राम्रो बालबालिका बनाउनमा अरुलाई दोषारोपण गरेर हुदैन कि भन्ने लागेको छ ।

समाजमा असल अभिभावक र शिक्षक शिक्षिकाहरु

समाजमा असल अभिभावक, शिक्षिकाहरु जस्तै असल बालबालिका बनुन । असल बालबालिकाहरुको जनसख्यां भए मात्र भविष्यका कर्णधारहरुले समाज र देशलाई योगदान गर्न सक्छन् । आजका बालबालिकाहरु भोलिका असल अभिभावक र शिक्षक शिक्षिकाहरु नै हुने मान्यताका आधारमा शैक्षिक आन्दोलनको आधीवेरी सृजना गरौ । समाजमा मलाई जस्तै अन्य महानुभावहरुलाई नमस्ते र बिनम्रतापुर्वक सम्मान गर्ने चलन दैनिक रुपमा बढावा भएमा समाज असल मार्गमा जान बढी मात्रामा सफल हुनेछ । समाजका अन्य बालबालिका,अभिभावक र शिक्षक तथा शिक्षिकाहरुले समाजले बढी भन्दा बढी सकारात्मक र क्षमता अभिवृद्धिका कार्यक्रमहरु प्रशस्त मात्रामा भै रहोस भन्ने कामना गर्दछौ । पुस्तकहरुलाई स्थायी रुपमा साथी बनाउने, दैनिक पठन तथा अध्ययन सस्कृतिलाई बढावा दिने काम सुक्ष्म रुपमा हुनु पदर्छ ताकि बालबालिकाहरु असल नागरिक र उज्यालो भविष्यका कर्णधार बनाउने काम हामी सबैको सामुहिक प्रयासको वकालतबाट सम्भव हुन्छ । बालबालिकाहरुका लागि असल अभिभावक र शिक्षक बन्ने कामको समिक्षा हुनु पर्छ । के गर्दा असल अभिभावक र शिक्षक हुनु पर्ने हो भन्ने बारेमा उपलब्ध साहित्य समिक्षाका धेरै भन्दा धेरै कृति सामाग्रीहरु उत्पादन होओस भन्ने बारेमा ध्यान केन्द्रित गर्नुपर्छ । हरेक परिवारका सदस्यहरुले शिक्षकहरुलाई राम्रोसँग पढाउदैन, शिक्षकहरुले अभिभावकलाई बालबालिकाहरु धेरै समय अभिभावकको जिम्मा हुन्छ । अभिभावकहरुले भुमिका महत्वपुर्ण हुन्छ भन्छन् । फेरी अहिलेका बालबालिकाहरु पढन खोज्दैन भन्ने आक्षेप लगाएर सामुहीक दायित्व र जिम्मेवारी लिने तर्फ पाइला अगाडी बढाउन खोज्नुपर्ने हुन्छ । सबै अभिभावकहरु बालबालिकाहरुलाई शिक्षकहरुले जस्तो दिशानिर्देश गर्ने खालका हुदैन । पढाउने र सिकाउने समसायिक शिप ज्ञान निजामति कर्मचारीहरुले जस्तो पन्छाउने र लालफित्तासाही शिक्षाशास्त्रको नवप्रर्वतन र खोज अनुसन्धानमा हुनुहुदैन भन्ने लाग्छ । असल अभ्यास निरन्तर आगामी दिनमा भैरहोस । बालबालिका कुलत र कुसस्कारबाट टाढा रहुन भनौ कि दुव्र्यसनी व्यवहार बालबालिकाहरुमा कहिल्यै देख्न नपरोस भन्ने काम कामना गर्न सक्छु । मलाई गाऊँघरमा घुम्ने,डुल्ने समयमा बालबालिकाहरु अवोध रुपमा कुलत र कुसस्कारमा लाग्ने र मलाई नमस्कार नगर्ने बालबालिकाहरुमा कमी आओस । मलाई जस्तै समाजमा अन्य मानिसहरुलाई नमस्कार,सम्मान,प्रेरणा दिने बालबालिकाहरुको सख्यामा बढोत्तरी भै रहोस भन्ने कामना गर्न सक्छु । समाजमा हर्षिका र रियान जस्तै बाबु नानीहरु उत्पादन भैरहुन भन्ने कामना गर्न सक्छु । मैले जन्मभुमि भकुण्डे गाऊँका असल अभ्यास छिमेकी गाऊँका बालबालिकाहरु सिकुन भन्ने अपेक्षा गर्न सक्छु । बालबालिकाहरु उर्जाशील बनाउनमा सानो मेरो सोचले आलेखले समाजका थुप्रै बालबालिकाहरुलाई सकारात्मक प्रभाव परोस भन्ने वृहत मनोभावना राख्न सकिन्छ । आगामी दिनहरुमा थप नमस्कार पाएको खुशीयालीमा सस्मरणहरु लेख्न पाउने आशा राख्न चाहान्छु । एक दुई बालबालिकाहरु मात्र नभै हजारौ बालबालिकाहरुले असल आनीबानी सिकुन र बुझुन भन्ने सत्प्रयास गर्न सक्छु ।
अन्तमा मलाई भकुण्डे गाऊँका ति बालबालिका जस्तै थुप्रै बालबालिकाहरुले सम्मान,अनुशासित,पठन सस्कृतिमा टेवा दिनेहरुको वढावा होओस । अरु गाऊँ वस्तीका बालबालिकाहरुले अनुशरण नियमित रुपमा गरुन भन्ने कामना गर्दछु । अर्को पटक अर्को लेख गाऊँ बस्तीहरु धेरै धैरै भन्दा बालबालिकाहरु अनुशासित,अध्ययनशिल र सम्मान गर्नेहरुको बढोस मात्र भन्न चाहान्छु ।

 

कमेन्टहरु