अर्थ, इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, देश

बागलङ जिल्लामा दौतरी समह गठन

याम बहादुर थापा मगर
२०८३ असार १७ | मध्यान्ह ०९:०३ बजे

याम बहादुर थापा मगर
बागलुङ
१७ जेठ, २०८३
बागलुङ जिल्लामा बौद्धिक अपाङगता भएका व्यक्तिहरुको अभिभावक संघको आयोजनामा बौद्धिक अपाङता भएका व्यक्तिहरुको दौतरी समुह गठन एक भेलाले गठन गरेको छ । सो कार्यक्रममा बौद्धिक अपाङगता भएका व्यक्तिहरुको अभिभावक संघका केन्द्रिय समितिको महासचिव तथा अभिभावक संघ शाखा बागलुङका अध्यक्ष टिकाराम सापकोटाले स्ववकालत गर्ने,पैरवी गर्ने, सचेतना कार्यक्रम संचालन गर्नका लागि दौतरी समुह गठन भएको बताउनु भयो । सो कार्यक्रममा फिल्ड अफिसर अस्मिता आर्चायले समेत सहजीकरण गर्नु भएको थियो । सो कार्यक्रम बौद्धिक अपाङगताका भएका व्यक्तिहरुको अभिभावक महासंघ नेपालको प्राविधिक सहयोगमा भएको थियो ।
दौतरी समुह बागलुङको संयोजकमा रामकृष्ण रेग्मी (पैयुपाटा),सह संयोजक उमाकुमारी रिजाल(पैयुपाटा ), सदस्यहरु रक्षा रेग्मी, महेश रेग्मी,रमेश के.सीं रहनु भएको छ । दौतरी समुहले सामाजिकीकरण, स्व हेरचाह,नेतृत्व विकास, अधिकार जागरुकतामा पैरवी गर्नेमा सहयोग गर्ने कार्यक्रम रहेको छ । दौतरी समुहमा स्वेच्छाले सहभागी हुन इच्छुक व्यक्तिहरु, समुहको उद्धेश्य र मुल्यप्रति सहमत व्यक्ति, स्थानीय क्षेत्रमा बसोबास गर्ने वा नजिकका व्यक्तिहरु समावेश हुने नियम रहेको छ । साथै दौतरी समुहको मुल मूल्य र सिद्धान्तहरुमा स्वायतत्ता, समानता, सम्मान, समावेशीता र गोपनियतामा आधारीत रहेको छ । दौतरी समुह लाई सिएडिआइआर परियोजनाले सहयोग गरेको जानकारी बौद्धिक अपाङगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिनुभयो ।

कमेन्टहरु