उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एजेन्सी
२०८३ असार १७ | मध्यान्ह ०३:०३ बजे

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते भएकी छिन् ।
अग्नि नियन्त्रण निकायका अनुसार मंगलबार दिउँसो झाडी क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको थियो । त्यसपछि आगो थेसालोनिकी सहरबाट करिब २५ किलोमिटर टाढा रहेको लिटी गाउँ नजिकको वन क्षेत्रमा रहेको बस्तीसम्म पुगेको थियो ।
आगो तीव्र रूपमा फैलिन थालेपछि स्थानीय प्रशासनले बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । उनीहरूलाई नजिकैको खेल मैदानमा सारिएको थियो ।























