शिक्षा

वाग्मती विश्वविद्यालयले परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल प्रकाशित

रासस
२०८३ असार १७ | बिहान ०८:०३ बजे

वाग्मती । वाग्मती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ ।

विश्वविद्यालयले परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन, विज्ञान तथा प्रविधि साथै शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए ।

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन संकायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।

कमेन्टहरु