समाज

सुनसरीका सीमा सुरक्षा इकाइहरूको सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वारा आकस्मिक निरीक्षण

देवराजा यादव
२०८३ असार १५ | मध्यान्ह ०६:०३ बजे

सुनसरी । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा ले सोमबार सुनसरी जिल्लास्थित सीमा सुरक्षा गुल्म हरिपुर, बिओपी श्रीपुर तथा कारागार सुरक्षा बेस झुम्का को आकस्मिक निरीक्षण गर्नुभएको छ।निरीक्षणका क्रममा नायब महानिरीक्षक थापाले सीमा सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन, सीमावर्ती क्षेत्रमा हुने गतिविधि, सीमा अपराध नियन्त्रण, तस्करी न्यूनीकरण तथा सुरक्षा व्यवस्थाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको थियो।

उहाँले सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, अनुशासन तथा विपद् प्रतिकार्यको तयारीको समेत निरीक्षण गर्दै उच्च सतर्कता, व्यावसायिकता र जिम्मेवारीका साथ सीमा सुरक्षा तथा तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिनुभयो।

730529999 1954007611937104 6167749327818334852 n

निरीक्षणका अवसरमा नायब महानिरीक्षक थापाले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दासँग समेत भेटघाट गरी सीमा सुरक्षाको वर्तमान अवस्था, स्थानीयस्तरमा देखिएका सुरक्षा चुनौती, सीमा अपराध नियन्त्रण तथा सशस्त्र प्रहरी बलसँगको समन्वयका विषयमा जानकारी लिनुभएको थियो।

स्थानीय बासिन्दाले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।सशस्त्र प्रहरी बलका अनुसार यस प्रकारको आकस्मिक निरीक्षणले सीमा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी, चुस्त, पारदर्शी तथा जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कमेन्टहरु