बिश्व

इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

एजेन्सी
२०८३ असार १५ | मध्यान्ह ०१:०३ बजे

काठमाडाैँ । यूरोप र चीनबिचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबिच सोमबार भेटवार्ता हुने भएको छ। सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबिच दिनभर समस्या न्युनिकरण गर्न छलफल हुनेछ ।

यूरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू) ले एसियाली शक्ति राष्ट्र चीनबीच बढ्दो व्यापार असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्दै चीनतर्फ ध्यान केन्द्रित गरेको हो । यो मुद्दा इयूका लागि अस्तित्वको लडाई बनेको छ ।

ब्रसेल्सले चीनमा उत्पादित सस्ता सामानको बाढीले युरोपेली उत्पादकहरूलाई खतरा पु¥याएको भन्दै कुनै उद्योग पूरै गुम्ने डर व्यक्त गरेको छ । वाङको भ्रमण इयू नेताहरूले युरोपेली आयोगलाई बेइजिङसँग वार्ता गर्दै यो समस्या समाधान गर्न र एकैसाथ मुख्य क्षेत्रहरूलाई बचाउन थप बलियो सुरक्षा उपाय तयार पार्न निर्देशन दिएको दुई हप्ता पनि नबित्दै भएको हो ।

वर्तमान व्यापार असन्तुलन इयूका लागि असह्य भएको बिषयमा दिभरको वार्तापछि साँझ सेफकोभिकले चिनियाँ नेता वाङलाई विशेष रात्रि भोजमा स्वागत गर्नेछन् । सन् २०२५ मा इयूको वस्तु व्यापार घाटा करिब ३६० अर्ब यूरो (४१० अर्ब अमेरिकी डलर) पुगेको थियो अर्थात् समूहले चीनबाट निकासीभन्दा निकै बढी आयात गरेको थियो ।

वाङले इयूले बेइजिङविरुद्ध व्यापार बचाउ हतियार प्रयोग गर्ने धम्की कति गम्भीर छ भन्ने सुन्ने, बुझ्ने र बुझाउनु हुनेछ । इयूले आफ्नो दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग व्यापार युद्ध टार्ने आशा राखेको छ । युरोपेली आयोगका अनुसार चीनले आफूलाई अन्यायपूर्ण ठानेका कदमको प्रतिकार गर्ने स्पष्ट सङ्केत दिइसकेको छ ।

ट्रम्पको रणनीति अनुसरण गर्दै

यूरोपले समान स्तरको खेल मैदानको आवश्यकता जोड दिँदै चिनियाँ कम्पनीहरूलाई ठूलो सरकारी अनुदानका कारण अनुचित फाइदा प्राप्त भएको बताएको छ ।

सङ्ख्याहरूले ब्रसेल्सको तर्कलाई समर्थन गर्छन् । सन् २००५ देखि सन् २०२४ सम्म चिनियाँ कम्पनीहरूलाई सरकारी सहयोग अन्तरराष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का व्यवसायहरूको तुलनामा तीनदेखि आठ गुणा बढी प्राप्त भएको थियो । ओइसिडीले यसलाई ‘रूढिवादी अनुमान’ भनेको छ ।

इयूले यो समस्या सम्बोधन गर्न व्यापार बचाउका विभिन्न उपायहरू राखेको छ । यसमा यदि अनुसन्धानले कम्पनीहरूले अनुचित रूपमा सस्तो मूल्यमा सामान बेचिरहेको वा सरकारी सहयोगले उत्पादकहरूलाई अन्यायपूर्ण फाइदा दिएको प्रमाणित भएमा उच्च भन्सार शुल्क लगाउन सकिन्छ ।

आयातमा अचानक वृद्धि भएमा कोटाजस्ता सुरक्षा उपायहरू पनि लगाउन सकिन्छ । नयाँ उपायहरू पनि आउन सक्नेछन् । इयू व्यापार नीतिमा नेतृत्व गर्ने युरोपेली आयोगले चिप्स र दुर्लभ खनिजजस्ता महत्वपूर्ण क्षेत्रमा आपूर्तिकर्ता विविधीकरण गर्न व्यवसायहरूलाई बाध्य पार्ने उपायका लागि गरिरहेको छ ।

मे महिनामा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको ‘सेक्सन ३०१’ जस्तै युरोपेली उपाय प्रस्ताव गरेका थिए । इयूले चीनबाट बढ्दो आयात सामना गर्न धेरै कदम चालिसकेको छ । विदेशी स्टीलमा दोब्बर भन्सार शुल्क, विदेशबाट आउने साना प्याकेटमा बढी शुल्क र चिनियाँ विद्युतीय सवारीमा भारी भन्सार शुल्क लगाइएको छ ।

कठोर हुनुपर्ने आवश्यकता स्वीकार गर्दागर्दै पनि ब्रसेल्सले बेइजिङसँग दुखद व्यापार युद्ध गर्ने कुनै चाहना देखाएको छैन । बेइजिङले चीनलाई लक्षित ठानेका कुनै पनि उपायको जवाफ दिन तयार रहेको चेतावनी दिएको छ ।

यो चेतावनी खाली धम्की होइन । चीनले यसअघि युरोपेली कोन्याक (मदिराजन्य पदार्थ) मा शुल्क लगाएको र बङ्गुरको मास्ु तथा दु󠄀ग्धजन्य उत्पादनमा ‘एन्टी–डम्पिङ’ अनुसन्धान गरेको थियो । यो चेतावनीले इयूका राजधानीहरूलाई प्रभाव पारिरहेको छ ।

जर्मनी यस बिषयमा हालसम्म बढी सावधान थियो किनकि उसको अर्थतन्त्र चीनमा बढी निर्भर छ, तर स्पेनले भने बेइजिङको लगानी खोज्दै व्यावहारिक दृष्टिकोणको सबैभन्दा ठूलो समर्थक बनेको छ ।

गत साता चीनको प्रतिकार चेतावनी दोहो¥याउँदै पनि बेइजिङका ईयूका लागि राजदूत चाई रुनले ब्रसेल्सको एउटा कार्यक्रममा इयू र चीन ‘साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् र निश्चय पनि शत्रु होइनन्’ भनेका थिए ।

यो सम्बन्ध चीनका लागि पनि महत्वपूर्ण छ । इयू चीनको दोस्रो ठूलो व्यापारिक साझेदार हो । सेफकोभिकसँगको रात्रिभोजपछि वाङ लन्डनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु