समाचार, समाज

पश्चिम नवलपरासीको बर्दघाटका शिक्षासेवी धीरज शर्मा बस्याल ‘राष्ट्रिय शिक्षा सम्मान-२०८३’ बाट सम्मानित

पुरुषोत्तम सुवेदी
२०८३ असार १३ | मध्यान्ह १०:०३ बजे

काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित कुमुदिनी इङ्लिस सेकेण्डरी स्कूलका संस्थापक /सञ्चालक धीरज शर्मा बस्याल ‘राष्ट्रिय शिक्षा सम्मान-२०८३’ बाट सम्मानित हुनुभएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार आयोजित एक विशेष समारोहका बीच बस्याललाई उक्त सम्मान प्रदान गरिएको हो ।

IMG 20260627 WA0008

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री, सांसद तथा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सी. र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बस्यालकी पारिवारिक सदस्य आकृति पाण्डे बस्याल लाई संयुक्त रूपमा सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो।
शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै फोकस नेपाल संस्थाले उहाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

२०५३ साल देखि शिक्षा क्षेत्रमा अत्यन्त निष्ठा र समर्पणका साथ कृयाशिल बस्याल पश्चिम नवलपरासीको उत्कृष्ट विद्यालय कुमुदिनी अग्रेजी माध्यमिक विध्यालयका सञ्चालक हुनुहुन्छ ।शिक्षा सहित समाजसेविका रूपमा निरन्तर सक्रिय रहँदै आउनुभएका बस्यालले विभिन्न संघ-संस्थाहरूको कुशल नेतृत्व गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शैक्षिक, सेवामूलक एवं सामाजिक संघ-संस्थामार्फत राष्ट्र विकास, शैक्षिक क्षेत्रको गुणात्मक सुधार र सामाजिक सेवामा उल्लेख्य योगदान पुर्‍याउँदै आउनुभएको छ।

सम्मान बारे खुसी व्यक्त गर्दै सम्मानित व्यक्तित्व बस्यालले यस सम्मानले शिक्षा क्षेत्रमा अझ बढी जिम्मेवार र निष्ठावान् भएर लाग्न थप ऊर्जा र प्रेरणा मिलेको बताउनुभयो । काठमाडौँको पुतलीसडकस्थित हिउँ गल्लीमा मुख्य कार्यालय रहेको सामाजिक संस्था फोकस नेपालले”विद्याधनं सर्वधनं प्रधानम्” भन्ने मूल नाराका साथ उक्त विशेष समारोह सम्पन्न गरेको हो।

कमेन्टहरु