लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर


काठमाडाैँ । लेबनान, इजरायल र संयुक्तराज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हेजबुल्लाहलाई निशस्त्र पार्ने उद्देश्यले एक प्रक्रिया समावेश छ भने यो अमेरिकामा भएको पाँचौ चरणको वार्ताको परिणाम हो ।
वासिङ्टनका लागि लेबनानका राजदूत नाडा हमादेह मोवादले सम्झौता लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताएका छन् ।हेजबुल्लाहले मार्च –२ मा लेबनानलाई पश्चिम एसिया युद्धमा ल्याएको थियो भने अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्याको बदला लिन इरानले इजरायललाई लक्षित गरी रकेट फायर गरेकाे थियाे ।
जसको जवाफमा इजरायलले आक्रमणको साथ दियो, र यसको सेनाले दक्षिणी लेबनानको भागहरूमा कब्जा जारी राख्यो । इजरायल र लेबनानले “द्वन्द्वलाई निर्णायक रूपमा अन्त्य गर्ने, यसको अन्तर्निहित कारणहरूलाई सम्बोधन गरी उनीहरूबिचको युद्धलाई औपचारिक रूपमा समाप्त गर्ने आफ्नो इच्छा घोषणा गरेका छन् ।
यसले स्थापित गरेको प्रक्रियाले लेबनानी इलाकामा सार्वभौम अधिकार पुनर्स्थापित हुने आशा गरिएको छ । सम्झौताका बावजुद, इजरायल र हेजबोल्लाह राज्यको नियन्त्रण बाहिर एक शक्तिशाली सशस्त्र शाखा पनि राख्ने जनाउँदै यसले स्पष्ट मतभेदहरू बाँकी रहेको जनाइएको छ ।
हेज्बुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँग लेबनानी भूमिबाट पूर्ण रूपमा फिर्ता हुनुको कुनै विकल्प नभएकाले सेनाले बिना शर्त यो भूमि छोड्ने बताएका छन् ।
यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौता घोषणा भएको केही समय पछि इजरायली मिडियामा साझा गरिएको भिडियोमा हेजबुल्लाहले आफ्नो हतियार नछोडेसम्म इजरायलको लेबनानबाट बाहिर निस्कने कुनै योजना नभएको बताएका छन् ।
सम्झौता जारी गर्नुअघि, नेतान्याहूले आफ्नो सेनाले लेबनानी सेनालाई लेबनानको लिटानी नदीको दक्षिणमा र अर्को यसको उत्तरमा क्षेत्रको नियन्त्रण लिन अनुमति दिने बताएका छन् । सम्झौता अनुसार, “एलएएफले यी क्षेत्रहरूमा पूर्ण र प्रभावकारी सुरक्षा जिम्मेवारी ग्रहण गर्नेछ, भने अन्तर्राष्ट्रिय रूपमा समर्थित पुनर्निर्माण प्रयासहरू सुरु हुनेछन्, र लेबनानी नागरिकहरू सुरक्षित रूपमा यी क्षेत्रहरूमा फर्कन सक्षम हुनेछन् ।
यसैबिच रुबियोले विज्ञप्ति जारी गर्दै सम्झौताले हेजबुल्लाह र यसको पूर्वाधारलाई निशस्त्र बनाउन “स्पष्ट र संरचित प्रक्रियाका साथै सम्झौता कार्यान्वयन गर्न मद्दत गर्न अमेरिकी सुविधायुक्त सैन्य कार्य समूह पनि स्थापित गर्ने बताए छन् ।
वासिङ्टनका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्र सङ्घसँगको समन्वयमा संयुक्त राज्य अमेरिकाले मानवीय सहायताका लागि १० करोड डलर दिने पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले सम्झौताको प्रशंसा गर्दै वासिङ्टनमा भएको हस्ताक्षरलाई “आशा र अवसरको क्षण“ भनेका छन् ।
यसअघि अमेरिकी दबाबमा, लेबनानी र इजरायली अधिकारीहरूले अप्रिलमा वासिङ्टनमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने अप्रिल –१७ मा युद्धविराम घोषणा गरिएको थियो । युद्धको अन्त्य गर्न लेबनानलाई वासिङ्टनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड दिए पछि यस महिनाको सुरुमा नयाँ युद्धविराम घोषणा गरिएको थियो ।
लेबनानी अधिकारीहरूका अनुसार द्वन्द्वले १० लाख भन्दा बढी लेबनानीहरूलाई विस्थापित गरेको छ भने चार हजार २०० भन्दा बढीको मृत्यु भएको छ ।























