मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कोल्टी हुँदै नुरी गाउँसम्म जोड्ने सडकको शिलान्यास

उमेश रोकाया
२०८३ असार १३ | बिहान ०८:०३ बजे

बाजुरा, असार १३ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -३ नुरी गाउँ जोड्ने कोल्टी, भवानी माण्डु, तलिकोटी हुँदै नुरी गाउँसम्म सडक निर्माण गर्नका लागि शुक्रबार दिनमा बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा सडक शिलान्यास गर्नुभएको छ । बुढिनन्दाको सबै वडा केन्द्रहरुमा सडक संजाल जोडिएको छ । सबैभन्दा अप्ठ्यारो भौगोलिक कठिनाई भएको नुरी अहिलेसम्म सडक जोड्न सकिरहेको थिएन । बल्ल सडक शिलान्यास गरेका छौँ ।

यतिखेर बुढिनन्दा नगर सरकारले कोल्टी बाट सडक खुलाउने काम हुँदैछ । तत्काल प्रदेश सरकारले डेट करोड रकम आउने भएको छ । अब भौगोलिक हिसाबले दुर्गम मानिने नुरी गाउँमा सडक संजाल जोड्ने भएपछि स्थानीय उत्पादन आलु, कोदो, सिमी र ओखर बिक्री गर्न बजारसम्म ढुवानी गर्न सजिलो हुनेभएको बुढिनन्दा नगरपालिका नगर प्रमुखको जनक कुमार बोहराले बताउनुभयो ।

भौगोलिक हिसाबले निकै कठिनाइ भएको नुरी जोड्ने सडकका लागि कोल्टी हुँदै नुरी गाउँसम्म छुने सडक निर्माणकार्य अगाडि बढाएका छौँ । विगत लामो समय देखि सडक संजाल बाट बन्चित भएको नुरी गाउँ अब सडक संजाल छिट्टै जोड्न प्रयासमा सिङ्गो बुढिनन्दा नगरपालिका लागी रहेकोे छ । यदि सडक खन्ने काम थालनी गरेका छौँ । भएसम्म छिट्टै नुरी गाउँमा सडक जोड्ने गरेर लागिपरेका छौँ ।

अहिले गाउँमा सडक जोड्ने काम सुरु गरेपछि स्थानीय बासिन्दा निकै खुसी भएका छ । विगतमा जोखिम मोलेर खोलाको बाटोमा पैदल गरेर गाउँ बाहिर आउनुपर्ने समस्या अन्त्य हुनेभएको छ । कोल्टी देखि नुरी गाउँसम्म सडक तीन करोड लाग्ने सर्वे गरेको रिपोर्ट आएको छ । अब दुर्गम गाउँमा सडक जोडिने भएपछि पिठ्युँ भारी बोकेर ल्याउनुपर्ने स्थिति कम हुने भएको बुढिनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो ।

कमेन्टहरु