समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग जर्मनी पराजित, विश्वकपबाट बाहिरियो क्युरासाओ

नवलपुर टुडे


काठमाडौं । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह ‘इ’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७- १ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ ।
जर्मनीका लेरी सेनले खेलको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि इक्वेडरका निल्सन आर्ग्युलोले खेलको नौ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए ।
यस्तै दोस्रो हाफको ७७ औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै अग्रता बढाए । अन्तिम समयसम्म इक्वेडरले उक्त गोलको रक्षा गर्दा जर्मनी २-१ ले पराजित हुन पुगेको हो । इक्वेडरले तालिकामा चार अंक जोड्दै नकआउट सुरक्षित गर्यो । तालिकामा इक्वेडर तेस्रो स्थानमा छ ।
यता क्युरासाओलाई हराउँदै आइभरीकोस्ट पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । आइभरीकोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे । क्युरासाओसँग आइभरीकोस्ट २-० ले विजयी भएको हो । यसअघि आइभरीकोस्टले इक्वेडरलाई पराजित गरेको थियो । आइभरीकोस्टले पनि ६ अंक जोडेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















