मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिकामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


बाजुरा, ११ असार । बाजुराको हिमाली गाउँपालिकामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बढ्दो सुर्तीजन्य पदार्थ र मद्यपानको प्रयोगलाई न्यूनीकरण गर्ने र यसले समाज एवं जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
स्वास्थ्य कार्यालय बाजुराका प्रतिनिधिहरूले गाउँघर र समुदाय स्तरमै पुगेर यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दा यसको प्रयोगमा कमी ल्याउन सकिने र स्वस्थ समाज निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।
धुम्रपान र मद्यपान केवल व्यक्तिगत स्वास्थ्यको समस्या मात्र नभई पारिवारिक विघटन र आर्थिक संकटको कारण समेत बनिरहेको छ । “कानुनमा नियमनका कुराहरू स्पष्ट छन्, तर यसको पूर्ण कार्यान्वयनका लागि नागरिक स्तरबाटै चेतना र प्रतिवद्धता आवश्यक रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो । विशेष गरी सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध गर्ने कानुनी व्यवस्था र १८ वर्ष मुनिका बालबालिकालाई यस्ता पदार्थ बिक्री-वितरण गर्न नपाइने नियमलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी स्थानीय व्यवसायीहरूले विद्यालय र स्वास्थ्य संस्थाको १०० मिटर वरिपरि सुर्तीजन्य र मद्यपान पदार्थ बिक्री नगर्ने कानुनी नियमलाई पालना गर्ने । खुला सत्रमा सहभागीहरूले नियमनकारी निकायको फितलो अनुगमनका कारण कानुन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो राखेका थिए । आगामी दिनमा स्थानीय प्रशासन सँग समन्वय गरी सचेतना अभियान र आकस्मिक अनुगमनलाई तीव्र पारिने जिल्ला स्वास्थ कार्यालय प्रमुख लालबहादुर खड्काले बताउनुभयो
कार्यक्रममा सुर्तीजन्य पदार्थ र मद्यपानले मानव स्वास्थ्यमा पुर्याउने गम्भीर क्षति, यसका कानुनी प्रावधानहरू, र समाजमा यसको नियमन तथा नियन्त्रणका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य कार्यालय, बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। बिहीबार दिनमा हिमाली गाउँपालिकाको सभा हलमा उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
























