मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा नगरपालिका द्वारा ५७ करोड ६ लाख ९६ हजार बजेट विनियोजन

उमेश रोकाया
२०८३ असार ११ | बिहान ०८:०३ बजे

बाजुरा, असार ११ । बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता राखेको बताएको छ ।

नगरपालिकाको आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, कृषि तथा उत्पादनमूलक क्षेत्रको विकास गर्ने, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट नगरवासीको आवश्यकता, विकासका प्राथमिकता तथा दीर्घकालीन समृद्धिको लक्ष्यलाई ध्यानमा राखेर तयार गरिएको नगर प्रवक्ता जंगबीर रोकायाले बताउनुभयो।

कमेन्टहरु