मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका गाउँ सभामा कार्की र पाण्डेलाई सम्मानित

उमेश रोकाया
२०८३ असार १० | मध्यान्ह ०९:०३ बजे

बाजुरा, असार १० । बाजुरा जिल्ला हिमाली गाउँपालिका १८ औं गाउँ सभाको अधिवेशनमा दुई जना कार्यरत कर्मचारी सम्मानित गरिएको छ ।
हिमाली गाउँपालिका कार्यालय पञ्जिकरण शाखामा कार्यरत फिल्ड सहायक लंक बहादुर कार्की र कार्यालय सहयोगी बिष्णुदर्त्त पाण्डेलाई गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको छन ।
नगदसहित कार्की र पाण्डेलाई ५/५ हजार पुरस्कार समेत दिएको छ । यस गाउँपालिकामा ईमानदार, लगनशील र कर्तव्यनिष्ठ भई सेवा प्रवाह गर्नु भएकोले सम्मान-पत्र प्रदान गरिएको छ । साथै उज्ज्वल भविष्यको कामना शुभकामना व्यक्त गरेको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।























