मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिका द्वारा ४३ करोड ६८ लाख ३९ हजार बजेट बिनियोजन

उमेश रोकाया
२०८३ असार १० | मध्यान्ह ०१:०३ बजे

बाजुरा, असार १० । बाजुरा जिल्लाको हिमाली गाउँपालिका १८ औं गाउँ सभाको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को ४३ करोड ६८ लाख ३९ हजार बजेट बिनियोजन गरिएको छ । पुँजीगत तर्फ खर्च १८ करोड १ हजार रुपैयाँ र चालु तर्फ खर्च २५ करोड ६८ लाख २१ हजुर रुपैयाँ रहेकोे छ ।

संघीय सरकारबाट प्राप्त अनुदान वित्तीय समानीकरणतर्फ रु. ९ करोड ६१ लाख, राजस्व बाँडफाँडबाट रु. १० करोड ३० लाख ८३ हजार, पूरक अनुदानबाट रु. २ करोड १५ लाख, संघीय विशेष चालूतर्फ रु. १ करोड ८० लाख, संघीय विशेष पूँजीतर्फ रु. ८८ लाख, संघीय सरकारबाट प्राप्त सशर्त चालूतर्फ रु. १२ करोड ५१ लाख, संघीय सरकारबाट प्राप्त हुने शर्तसहितको पूंजीगत तर्फ ४१ लाख, वित्तीय समानीकरणबाट रु. ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारबाट प्राप्त अनुदानराजस्व बाँडफाँडबाट रु. ३३ लाख ८८ हजार समपूरक अनुदानबाट रु. ८५ लाख १८ हजार, प्रदेश विशेष तर्फको ५१ लाख, प्रदेश शर्तसहितको अनुदान तर्फ रु २ करोड ६० लाख गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो । आन्तरिक आयको रुपमा कर तथा राजश्वबाट रु. ६२ लाख ५० हजार रुपैयाँ र गत वर्षको अल्याबाट रु. ५० लाख रुपैयाँ रहेकोे छ ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकिय अधिकृत कुलबहादुर थापा, प्रवक्ता एवम् वडा नं. ४ का अध्यक्ष भिमानन्द पाण्डे सहित ७ नम्बरका वडा अध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्य, पालिका कर्मचारी, पत्रकारहरू तथा अन्य सरोकारवाला सहभागी थिए ।

कमेन्टहरु