राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

नवलपुर टुडे
२०८३ असार १० | बिहान ०८:०३ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । बन्द सत्र पछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित घोषणा गरेको ९रास्वपा० निर्वाचन आयोगका उप—प्रमुख राम गुरुङले जानकारी दिएका हुन् ।

उनले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए ।

सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको बताए । अव केन्द्रीय समिति सदस्यका लागि भने मतदान प्रकृयाबाट अगाढि बढ्ने उप—प्रमुख राम गुरुङले जानकारी दिए ।

कमेन्टहरु