मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिका १८ औं गाउँ सभा अधिवेशन सुरु

उमेश रोकाया
२०८३ असार ९ | मध्यान्ह ०१:०३ बजे

बाजुरा , असार ९ । बाजुरा जिल्ला हिमाली गाउँपालिका १८ औं गाउँ सभा अधिवेशन सुरु गरिएको छ । आर्थिक वर्ष २०८३/०८४ को गाउँ सभा मंगलवार बिहानबाट सुरुवात गरेको छ । उक्त गाउँ सभा उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले पान्समा दियो बालेर उद्घाटन गरेका छन । “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सुरु गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँ अधिवेशनमा सुशासन, संगठन विकास तथा व्यवस्थापन, पुर्वाधार, वन वातावरण तथा विपद व्यवस्थापन, शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, उधमी विकास शाखा, सामाजिक सुरक्षा र आर्थिक तर्फ सम्बन्धिका निति तथा कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले प्रस्तुत गर्नु भएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताएका छन ।

उक्त गाउँ सभा हिमाली गाउँपालिका गाउँ सभा अध्यक्ष गोबिन्द बहादुर मल्ल, गाउँ सभा उपाध्यक्ष राजकला सार्की, गाउँपालिका सदस्य सचिव हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी सहित पत्रकारको उपस्थितिमा रहेकोे थियो । गाउँ सभा अधिवेशन आज ३ बजे पुनः सञ्चालन गरिने भएको गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु