खेलकुद, बिश्व

एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता

नवलपुर टुडे
२०८३ असार ९ | बिहान ०५:०३ बजे

May be an image of football, American football and text

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

उनले डिबक्सभन्दा केही बाहिरबाट गरेको प्रहार इराकका गोलकिपरले रोक्ने कुनै अवसर नै पाएनन् । जारी विश्वकपमा तेस्रो गोल गरेका एमबाप्पेले विश्वकपमा यो १५औं गोल हो । उनले सर्वाधिक गोल गर्नेमा ब्राजिलका रोनाल्डोसँग बराबरी गरेका छन् । एमबाप्पे अब दोस्रो स्थानका मिरोस्लाभ क्लोज भन्दा १ र सर्वाधिक गोलकर्ता लियोनल मेसी भन्दा ३ गोलले पछि छन् ।

पहिलो खेलमा फ्रान्सले सेनेगनलाई ३–१ ले हराउँदा इरान नर्वेसँग ४–१ ले पराजित भएको थियो ।

कमेन्टहरु