रास्वपा केन्द्रिय सदस्य पदको उम्मेद्बारीमा सागर टमटा


बाजुरा, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा बाजुरा जिल्लाबाट पहिलो पटक केन्द्रीय सदस्य पदका लागि युवा नेतृत्वका रूपमा परिचित सागर टमटा उम्मेदवार बनेका छन्। सुदुरपश्चिम प्रदेशको दुर्गम जिल्लाबाट भूगोल खुल्ला सदस्य पदमा उठेर युवाको आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने अभियानमा रहनका निम्ति टमटव केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेपछि सामाजिक संजालमा चर्चा बढेको छ।
स्थानीय तहका समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुशासनका मुद्दालाई राष्ट्रिय नीतिमा समेट्न आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । बाजुरा जिल्लाबाट राष्ट्रिय राजनीतिक नेतृत्व तहमा पुग्ने अवसर कम रहेको अवस्थामा टमटा उम्मेदवारीलाई बाजुराको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ।
प्रदेश हुँदै जिल्लासम्मका युवादेखि समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले उनको उम्मेदवारीलाई समर्थन गर्दै दुर्गम क्षेत्र बाजुराका आवाजलाई केन्द्रसम्म पुर्याउन बाचा समेत गराएका छन । टमटा लामो समयदेखि सामाजिक कार्य देखि राष्ट्रिय स्वतन्त्र पाटी हिमाली गाउँपालिका पुर्व संयोजक पदमा काम गर्दै राजनीति स्तरमा संगठनका लागि अगाडि बढाउने अभियानमा सक्रिय रहँदै आएका छन् ।
























