बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी

एजेन्सी


तेहरान । लेबनानमाथि इजरायलको आक्रमणको विरोधमा इरानले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरेको घोषणा गरेपछि उक्त क्षेत्रमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा घटेको छ । सामुद्रिक गुप्तचर कम्पनी विन्डवार्डका अनुसार आइतबार १२ वटा जहाजले मात्रै स्ट्रेट पार गरेका छन् ।
अघिल्लो दिन ३५ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका थिए । स्ट्रेट प्रवेश गरेका आठ जहाजमध्ये पाँचवटाले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम गरेका थिए, जसले उनीहरूको गतिविधि ट्र्याक गर्न कठिन बनाएको थियो ।
तर शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानमा इजरायलले गरेका ‘अपराध’ तथा अमेरिका शान्ति कायम गर्न असफल भएको आरोप लगाउँदै स्ट्रेट बन्द गरिएको घोषणा गरेको थियो । यद्यपि, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको दाबी अस्वीकार गर्दै जलमार्ग अझै सुरक्षित र खुला रहेको जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेका थिए ।
दुवै पक्षले दिएको तथ्याङ्कमा ठुलो अन्तर देखिएपछि यसको वास्तविक अवस्था अस्पष्ट बनेको छ । क्यानडाको म्याकमास्टर विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ बेहरुज बख्तियारीका अनुसार केही जहाजहरूले इरानी सैन्य निगरानीबाट बच्न एआईएस बन्द गरी ओमानको तटीय मार्ग प्रयोग गरेको हुनसक्छ ।
‘इरानले यातायात घटेको देखाउन चाहन्छ भने सेन्ट्रल कमान्डले प्रभाव न्यून रहेको देखाउन चाहन्छ । त्यसैले दुवै पक्षका तथ्याङ्क फरक देखिएका हुन सक्छन्,’ उनले भने ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















