वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री

एजेन्सी


तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानी तेलमाथिका केही प्रतिबन्धहरूमा छुट दिइएको र विदेशमा रोक्का गरिएका इरानका केही सम्पत्ति फुकुवा गरिएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै अराघचीले इरानका लागि ठुलो पुनर्निर्माण तथा विकास योजना पनि सुरु गरिएको दाबी गरेका छन् । तर उनले फुकुवा गरिएका सम्पत्ति वा पुनर्निर्माण योजनाबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।
इरानी प्रतिनिधिमण्डलको मिडिया समितिले जारी गरेको छुट्टै वक्तव्यअनुसार, इरान र कतारबिच तेहरानका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रियालाई कार्यान्वयन गर्न नयाँ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
अराघचीका अनुसार वार्ताको पहिलो वास्तविक परीक्षा लेबनानसम्बन्धी ‘डी–कन्फ्लिक्शन सेल’ हुनेछ । मध्यस्थकर्ताको भूमिकामा रहेका कतार र पाकिस्तानले अमेरिका र इरान दुवैले उक्त संयन्त्रमा सहमति जनाएको बताएका छन् । यस संयन्त्रको उद्देश्य लेबनानमा सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न सहयोग गर्नु हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















