नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

रासस
२०८३ असार ८ | मध्यान्ह १२:०३ बजे

काठमाडौँ, असार ८। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।अहिल उहाँको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उहाँ दम रोगबाट पीडित हुनुहुन्थ्यो ।



















