ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता

एजेन्सी


वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीका बाबजुद अमेरिका र इरानबिचको वार्ता सम्हालिँदै अगाडि बढेको छ। अमेरिकाले इरानसँगको वार्ता जारी रहेको र यो प्रक्रिया ‘रातभरि चल्ने’ अपेक्षा गरिएको जनाएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले आइतबार एक अन्तर्वार्ताका क्रममा तेहरानको वार्ता टोलीलाई धम्की दिएपछि इरानका प्रमुख वार्ताकार असन्तुष्ट बनेका थिए। सोही कारण एक इरानी स्रोतले वार्ता केही समयका लागि अवरुद्ध भएको तर पूर्ण रूपमा समाप्त भने नभएको जानकारी दिएको थियो।
यसका साथै इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लेबनानमा भइरहेको लडाइँ पनि यो वार्ताको अर्को प्रमुख अवरोधका रूपमा देखा परेको छ। तेहरानले लेबनानमा इजरायलले गरिरहेका घातक आक्रमणहरू पूर्ण रूपमा अन्त्य नभएसम्म वार्ता सकारात्मक रूपमा अघि बढ्न नसक्ने अडान राख्दै आएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो


















