मनोरन्जन

मायाले पारनु पिर पारो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै

नवलपुर टुडे
२०८३ असार ७ | मध्यान्ह ०३:०३ बजे

नवलपुर। नेपाली गीत–संगीत क्षेत्रमा नयाँ प्रस्तुति लिएर आएको गीत “मायाले पारनु पिर पारो…” को प्रिमियर कार्यक्रम सम्पन्न भएको छ।कावासोति-३ मा रहेको गैरे पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा कावासोती वडा न ६ का वडाध्यक्ष याम बहादुर थापा प्रमुख अतिथी रहनु प्रीमियर कार्यक्रममा गितका गायक कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रेम, भावना र मौलिक शैली समेटिएको यस गीतलाई दर्शक तथा अतिथिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। गीतमा कुमार शर्मा को स्वर रहेको छ भने शब्द तथा संगीत मदन अधिकारी को रहेको छ। गीतको अडियो निर्माण पुन डिजिटल, पोखरा ले गरेको हो।

यस गीतको भिडियोमा थानेश्वर तिवारी, हरिशा पाख्रीन तामाङ, नवीन सापकोटा, आकृति अधिकारी र शालोम पुन मगर लगायत कलाकारहरूको अभिनय रहेको छ। भिडियोको छायांकन दिपेन्द्र बास्तोला, राजभिम तिमिल्सिना ले गरेका छन् भने एरियल शुट भुवन अधिकारीले गरेका थिए। पोस्ट प्रोडक्सनको काम असलसाथी प्रोडक्सनले गरेको छ।

निर्माण टिमका अनुसार गीतको भिडियो छिट्टै म्युजिक नेपाल च्यानल युट्युबमार्फत सार्वजनिक गरिनेछ। नेपाली संगीतप्रेमी दर्शकका लागि यो गीत नयाँ स्वाद र मनोरञ्जनको प्रस्तुति बन्ने अपेक्षा गरिएको छ।

कमेन्टहरु