इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
बागलुङमा १२ औ अन्तराष्ट्रिय योग दिवस सम्पन्न

बागलुङमा १२ औ अन्तराष्ट्रिय योग दिवस सम्पन्न
याम बहादुर थापा मगर
७ असार, २०८३
बागलुङ
धौलागिरी आयुर्वेद अस्पताल,बागलुङको आयोजना मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नारा र स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने मुल नाराका साथ बागलुङमा १२ औ अन्तराष्ट्रिय योग दिवसमा ३६ जना सहभागीका विचमा भव्य रुपमा सम्पन्न भएको छ ।
अस्पतालमा दैनिक रुपमा नियमित विहान ५ बजे देखि ६ बजेसम्म योग अभ्यासमा आउने सहभागीहरु, अस्पतालका कर्मचारीहरु र योग प्रशिक्षकको उपस्थिती रहेको थियो ।
अस्पतालका आयुर्वेद चिकित्सक डा विमल शाह, डा.दिवाकर सापकोटा र डा अभिशेषक बगाले र योग प्रशिक्षक एकराज ढुगानाको उपस्थिती रहेको थियो ।
१२ औ अन्तराष्ट्रिय योग दिवसका सन्दर्भमा अनौैपचारिक कार्यक्रममा सहभागीहरुलाई एक थान सेतो टिसर्ट अस्पतालको लोगो अंकित टिसर्ट सौजन्य स्वरुप प्रदान गरिएको जानकारी सहायक लेखा अधिकृत याम बहादुर थापा मगरले गराउनु भयो ।
व्यस्थित योग अभ्यास हल धौलागिरी आयुर्वेद अस्पतालको परिसरमा भएकोेले सम्पुर्ण महानुभावहरुलाई नसर्ने रोग लगायत दैनिक योग अभ्यासबाट लाभ लिनको लागि अनुरोध गरेको कार्यालयले जनाएको छ ।



















