दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

उमेश रोकाया
२०८३ असार ७ | बिहान ०९:०३ बजे

बाजुरा , असार ७ । बाजुरामा बस दुर्घटनाकाे थप विवरण प्राप्त भएकाे छ । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ ।

महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको अवस्थामा ब्रेक फेल भएपछि सडक छेउ पल्टीएर बस दुर्घटना भएको स्थानीयले बताएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।

उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको कार्कीले बताए । बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु