गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीे गैंडाकोटमा सार्वजनिक

नवलपुर टुडे
29


गैडाकोट । गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीको गैंडाकोटमा सार्वजनिक गरिएको छ। पोखरा धनगढी बोलको गीतमा गैंडाकोट मौलाकालिका मन्दिर, इला होटल, मौलाकाली केबलकार ,नारायणी नदी किनार लगायत गैंडाकोट आसपास पनि छायांकन गरिएको र गीतमा यही वरिपरिका शब्द पनि समेटिएको छ।
शुक्रवार जयश्री सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गीतका शब्द र भिडियोले गैंडाकोटलाई पनि चित्रण गरेको हुँदा पर्यटन प्रबधनमा पनि सहयोग पुग्ने बताउनुभयो । गीतमा स्वर बिन खाती र जीवनी कुमारि कुमालको रहेको छ भने गीतमा लय तथा शब्द बिन खातीको रहेको छ। त्यस्तै गीतको मोडलमा आनन्द गुरुङ र चाहना रानाभाट रहनु भएको छ भने गीतलाई निर्देशक जोन राईले निर्देशन गर्नुभएको छ। गीतको सुटिङ संयोजन डिका गुरुङले गर्नुभएको छ भने समग्र गीतको अडियो र भिडियोको संयोजन बिन खातीको रहेको छ।
गीतका सर्जक तथा गायक बिन खातीले गैडाकोटको सेरोफेरो लाई जोडेर शब्दमा छ भने भिडियो छायांकन पनि गरिएको उहाँले बताउनुभयो । पोखरा धनगढी भन्ने बोलको गीत माया प्रेममा आधारित रहेको बताउनुभयो। गैंडाकोटकै स्थानीय प्रतिभा जीवनी कुमालले विभिन्न कार्यक्रममा आफ्रना प्रस्तुतिहरु राख्दै आउनुभएको छ भने उहाँले पहिलोपटक लोकदोहोरी एल्बम निकाल्नु भएको हो। गीतलाई जीवनी कुमारि कुमालको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
गामबेसी सास्कृतिक कला केन्द्रका अध्यक्ष कमल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गामबेसी कला केन्द्रका उपाध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे


२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे












