देश

आधारभूत विद्यालय थरौलीमा पुर्व राज्यमन्त्री बि.क.को पहलमा ४ कोठे भवनको शिलान्यास

नन्द किशोर कुर्मी (लालु)
२०८३ असार ४ | मध्यान्ह ०९:०३ बजे

कपिलवस्तु । बिजयनगर गाउँपालिका–१ थरौलीस्थित श्री आधारभूत विद्यालयमा सुविधा सम्पन्न चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। पूर्व वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा बिकको पहलमा विनियोजित १ करोड रुपैयाँको लागतमा निर्माण हुने भवनको शिलान्यास बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सारु, प्रधानाध्यापक डण्डपानी उपाध्याय, युवा नेता तथा समाजसेवी सुरज विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष थर्क बहादुर खन्गाहा, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Messenger creation 2441118906384323

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले देशको विकास र गरिबी अन्त्यका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सारुले विद्यालयका लागि बजेट विनियोजन गरी भवन निर्माणमा सहयोग पुर्‍याउनुभएकोमा पूर्व राज्यमन्त्री रुपा बि.क.प्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रधानाध्यापक डण्डपानी उपाध्यायले विद्यालयको विकासमा साथ र सहयोग पुर्‍याउने पूर्व राज्यमन्त्री रुपा वि.क. गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो।

नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ।

कमेन्टहरु