युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण

एजेन्सी


मस्को । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ । पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि गरिएको यो दोस्रो आक्रमण हो । मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीको दक्षिणपूर्वी कपोत्न्या जिल्लामा रहेको मस्को तेल प्रशोधन केन्द्रमा धेरै ड्रोन प्रहार भएका छन् । मस्कोतर्फ आउँदै गरेका चार दर्जनभन्दा बढी ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले खसालेको पनि उनले बताए ।
मस्को बाहिर रहेको झुकोभ्स्की क्षेत्रमा एउटा आवासीय भवनमा पनि ड्रोन ठोक्किएको बताइएको छ । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार उक्त आक्रमणबाट भवन र केही बाल्कोनीमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन ।
उनका अनुसार ड्रोनका भग्नावशेष राजधानी बाहिरका अन्य स्थानहरूमा पनि खसेका छन्। त्यसबाट एउटा फिटनेस सेन्टर, औद्योगिक प्रतिष्ठान, किनमेल केन्द्र तथा निजी घरमा क्षति पुगेको छ । सपिङ सेन्टमा समेत आगलागी भएको बताइएको छ ।
यता, रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर युरी स्ल्युसारका अनुसार आक्रमणबाट एउटा रेल इन्जिनमा क्षति पुगेको छ र दुई वटा व्यावसायिक प्रतिष्ठानमा आगलागी भएको छ ।
बिहीबारको यो आक्रमण मङ्गलवार भएको ड्रोन हमलापछि भएको हो । त्यसबेला पनि मस्को तेल प्रशोधन केन्द्र परिसरभित्रको एउटा संरचनामा क्षति पुगेको मस्को प्रशासनले जनाएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















