क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी

नवलपुर टुडे


काठमाडौं,असार ४ । क्रोएसियाविरुद्धको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको छ । इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरे ।
क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाएका थिए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन्। केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।
दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्याएका छन् भने इंग्ल्याण्डका लागि ८१ गोल जोडेका छन् । यता, क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । लगत्तै केनले गोल गरेपछि इंग्ल्याण्डको अग्रता कायम भएको थियो ।
पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए । दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















