प्रबास

युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी
२०८३ असार ३ | मध्यान्ह ०३:०३ बजे

बेरुत ।  पश्चिच एसिया युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ ।

इजरायलीहरूले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ । सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भए देखि लेबनानमा हिंसात्मक गतिविधि घटेको जनाइएको छ तर सम्झौता भए पछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ, तर लेबनानी सेनाले “इजरायली आक्रमणको जोखिम अझै बाँकी रहेको भन्दै स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ ।

इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो ।

जसको जवाफ इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ दिएको थियो । इरानका विदेश मन्त्री अब्बास अराघचीले मङ्लबार यस युद्धमा कब्जा गरेका क्षेत्रहरू बाट इजरायली सेना फिर्ता नगरे सम्म द्वन्द्वको अन्त्य नहुने बताएका छन् ।

आगामी निदमा लेबनानमा कुनै पनि सैन्य आक्रमण र लेबनानका क्षेत्रहरूमा निरन्तर कब्जा गर्नु शान्ति सम्झौताको विपरित हुने उनले बताएका छन् । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देशको सेना “आवश्यक हुँदासम्म“ लेबनानमा रहने बताएका छन् ।

हेजबुल्लाहले मङ्गलबार देखि दक्षिण लेबनानमा इजरायली लक्ष्यहरूमा आक्रमण गरेको दाबी गर्दै अहिलेसम्म कुनै सुचना जारी गरेको छैन । समूहका नेता नईम कासिमले बुधबार सार्वजनिक रुपमा टेलिभिजन सम्बोधन गर्ने जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भए देखि भएको इजरायली आक्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या तीन हजार ८२६ पुगेको जनाएको छ ।

कमेन्टहरु