अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु

एजेन्सी


वासिङ्टन डीसी । अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा १ जना व्यक्तिको मृत्यु भएको बताएका छन् । आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन “साउदर्न स्पियर“ को एक भाग भएको जनाइएको छ ।
आक्रमणमा परी दुई जना मानिसहरू घाइते भएको जनाइएको छ, भने अमेरिकी तट–रक्षकले उनीहरुको खोजी तथा उद्धार अभियान सुरु गरेको साउथकमले जनाएको छ ।
क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा “साउदर्न स्पियर“ आक्रमण क्रममा २०० जना भन्दा बढी मानिसको मृत्यु भएको एएफपीले जनाएको छ ।
कानुनी विज्ञहरू र अधिकार समूहहरूले संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा नगर्ने नागरिकहरूलाई लक्षित गरी गरिएका आक्रमणहरु गैरन्यायिक आक्रमण हुने जनाएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















